१६औं आवधिक योाजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको छ: उपाध्यक्ष श्रेष्ठ

अनलाइनसमय |
२ जेठ २०८१
१६औं आवधिक योाजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको छ: उपाध्यक्ष श्रेष्ठ

काठमाडौं, २ जेठ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६औं आवधिक योाजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् । बुधबार १६औं आवधिक योाजना सार्वजनिक भए पश्चात् उनले यस्तो बताएका हुन् ।

श्रेष्ठले भने, ‘अहिले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा फोकस हुँदा सामाजिक सूचक कतै खस्कन थालेको छ कि भन्ने देखिएको छ । त्यसकारण अब आयोजनालाइ तीन वर्गमा वर्गीकरण गरिने छ ।’

यस्तै श्रेष्ठले १६औं योजना पहिलाभन्दा फरक बनेको भन्दै यसपटक मन्त्रालयहरूलाई गाइडलाइन दिइएको बताए । पहिलोमा उच्च प्राथमिकताका कार्यक्रम, दोस्रोमा कम प्राथमिकता युक्त आयोजना राख्ने र तेस्रो वर्गमा खारेज गर्नुपर्ने आयोजनाहरू राखेर कार्यान्वयनमा जाने उनको भनाई थियो ।

१५औं योजनाभन्दा आकारमा आधा सानो १६औं योजना रहेको भन्दै उनले मन्त्रालयका सूक्ष्म कार्यक्रम नराखिएका कारण आकार घटेको बताए ।

एनले भने, ‘यो योजनाले सबैभन्दा विशेष रुपमा गरेको काम नै समस्यालाई गहिराइमा पुगेर गरिएको अध्ययन हो । अर्थतन्त्र, शासकीय समस्याको पहिचान गरिएको छ । सोही अनुसार १६औं योजना बनेको छ ।’

अहिलेसम्म महत्त्वकांक्षी योजना बनेको भन्दै उनले कार्यान्वयन गर्न सकिने लक्ष्य मात्र राखेको बताए । ‘हाम्रो जोड हरेक योजना र कार्यान्वयनको कार्यान्वयन हो,’ उनले भने ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस