काठमाडौं, २ जेठ । प्रतिनिधि सभाले सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम जेठ ९ गते पारित गर्ने सम्भावित कार्यसूची तय गरेको छ । मंगलबार सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि नीति तथा कार्यक्रम ल्याएको थियो ।
प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर अनुसार जेठ ३ गतेबाट सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुनेछ । त्यसको भोलीपल्टबाट जेठ ४ गते नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । उक्त छलफल जेठ ६, ७, ८ र ९ गते हुनेछ । सो छलफल पश्चात् निर्णयार्थ प्रस्तुत गर्ने गरी संसदीय क्यालेन्डर तय भएको छ ।
साथै संसदीय क्यालेन्डर अनुसार नीति तथा कार्यक्रम चलिरहेको समयमा पनि शून्य समय, विशेष समय, केही विधेयक अघि बढाउने र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलाउने लगायतका विषयसमेत सञ्चालन हुने छ ।