काठमाडौं, ३० वैशाख । चालू आर्थिक वर्ष सकिन २ महिनामा मात्र बाँकी रहँदा सरकारको विकास लक्षित पूँजीगत खर्च ३६ प्रतिशत मात्र रहेको छ । सरकारको लेखा राख्ने सर्वोच्च निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रवारसम्ममा सरकारको पूँजीगत खर्च रू. १ खर्ब ९ अर्ब २८ करोड ८५ लाख रुपैयाँ मात्र रहेको छ, जुन वार्षिक लक्ष्यको २६.१८ प्रतिशत मात्र हो ।
चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख विनियोजन गरेको छ ।
सोही अवधिमा चालू खर्च भने ६५.३ प्रतिशत रहेको छ । यस वर्ष चालूतर्फ विनियोजित ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बजेट रहेकोमा शुक्रवारसम्ममा ७ खर्ब ४५ अर्ब ५६ करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।
।