जेठ १ गतेदेखि लागु हुने गरी ब्रोकर कमिशन दर १० प्रतिशतले घट्यो, कुनमा कति ? (सूची सहित)

अनलाइनसमय |
२८ वैशाख २०८१
जेठ १ गतेदेखि लागु हुने गरी ब्रोकर कमिशन दर १० प्रतिशतले घट्यो, कुनमा कति ? (सूची सहित)

कठमाडौं, २८ वैशाख । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा लिइँदै आएको ब्रोकर कमिसन १० प्रतिशतले घटाएको छ । बोर्डले आगामी बर्षको ब्रोकर कमिशन दर प्रकाशन गर्दै धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूचीमा हेरफेर गरेर ब्रोकर कमिशन घटाएको हो । घटाएको नयाँ कमिशन जेठ १ गतेदेखि लागू हुनेछ ।

नयाँ कमिसन अन्तर्गत संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँ सम्मको कारोवारमा ०.३६ कमिशन लाग्ने छ ।

त्यस्तै, ५० हजारभन्दा माथि ५ लाखसम्मको कारोवारमा ०.३३ प्रतिशत कमिसन लाग्ने छ । ५ लाखदेखि २० लाखसम्मको कारोवारमा ०.३१ प्रतिशत कमिशन लागू हुने जनाएको छ । २० लाखदेखि १ करोडसम्मको कारोवारमा ०.२७ प्रतिशत कमिसन लाग्ने छ । १ करोडभन्दा माथी जतिसुकैको कारोवारमा ०.२४ प्रतिशत कमशिन लाग्ने छ ।

अर्थ मन्त्रालयले ब्रोकर कमिशन घटाउनको लागि नेपाल धितोपत्र बोर्डलाई स्वीकृति प्रदान गरेपछि नयाँ ब्रोकर कमिशन लागु हुन लागेको हो । २०८१ वैशाख १२ गते मन्त्रिस्तरीय निर्णय गर्दै अर्थमन्त्री वर्षमान पुनले बोर्डको प्रस्ताव बमोजिम ब्रोकर कमिशन घटाउन बोर्डलाई स्वीकृति प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस