• शेयर मार्केट

    ३.२४ अङ्कले घट्यो नेप्से, फाइनान्स समूहको सूचकमा सर्वाधिक वृद्धि

     77 Views
    ३.२४ अङ्कले घट्यो नेप्से, फाइनान्स समूहको सूचकमा सर्वाधिक वृद्धि

    काठमाडौं, १२ वैशाख । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक नेप्से परिसूचक ३ दशमलव २४ अङ्कले घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव २४ अङ्कले घटेर १९ सय ६५ दशमलव ९३ को विन्दुमा बन्द भएको छ ।

    बिहिबार ६३ लाख १२ हजार ५५२ कित्ता शेयर ४२ हजार १६ पटक किनबेच हुँदा कुल २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँको कारोबार भएको छ । आज ३०३ धितोपत्रको कारोबार हुँदा १४९ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ८८ धितोपत्रको मूल्य बढेकोे छ भने ७ धितोपत्रको मूल्य स्थिर छ ।

    यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक घटेको छ भने पाँच वटा समूहको उपसूचक बढेको छ । आज सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.१३ प्रतिशतले बढेको छ । त्यस्तै म्युचुअल फन्डको ०.४५, जीवन बीमाको ०.४४, निर्जीवन बीमाको ०.२० र व्यापार समूहको उपसूचक ० दशमलव ११ प्रतिशतले बढेको छ ।

    आज सबैभन्दा बढी उत्पादनमुलक समूहको उपसूचक ०.७१ प्रतिशतले घटेको छ । त्यस्तै हाइड्रोपावरको ०.४६, होटल एन्ड टुरिजमको ०.४३, लघुवित्तको ०.३६, लगानी समूहको ०.३०, विकास बैंक तथा बैंकिङ समूहको ०.१९ र अन्य समूहको उपसूचक ०.३५ प्रतिशतले घटेको छ ।

    बिहिबार मल्टिपर्पाेज फाइनान्स लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै पोखरा फाइनान्स लिमिटेडको ८.०५, स्वाभीमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.६९, ग्लोबल आइएमई ब्यालेन्स फन्ड–१ को ६.६९, बेस्ट फाइनान्स लिमिटेडको ६.३४ र श्री इन्भेष्टमेन्ट फाइनान्सको ५.०३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    आज सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६ दशमलव ०९ प्रतिशतले घटेको छ । त्यस्तै माइखोला हाइड्रोपावरको ५.४५, एनआरएन इन्फ्रटेक्चर एन्ड डिभलपमेन्टको ५.१०, मानुषी लघुवित्त वित्तीय संस्थाको ३.९४, युनिक नेपाल वित्तीय संस्थाको ३.८१, मनकामना इन्जिजियरिङ् हाइड्रोपावरको ३.१० प्रतिशतले घटेको छ ।

     

     

     

     

     

     

    यसमा तपाइको मत

    Facebook Comment