९ महिनामा १२ खर्ब ८१ अर्बभन्दा धेरैको वैदेशिक व्यापार, साढे १० खर्बभन्दा बढी घाटा

अनलाइनसमय |
१० वैशाख २०८१

काठमाडौं, १० वैशाख । पछिल्लो समय नेपालको वैदेशिक व्यापार कमजोर बन्दै गएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को तेस्रो त्रैमाससम्ममा १२ खर्ब ८१ अर्ब ३१ करोड ५८लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ, जुन गत आवको चैतसम्मको तुलनामा २ दशमलव ९२ प्रतिशतले कम हो । गत आवको सो अवधिमा नेपालको १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाखभन्दा धेरैको वैदेशिक व्यापार भएको थियो ।

चैतसम्ममा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २ दशमलव ७५ प्रतिशतले कम हो । गत आवको ९ महिनामा नेपालले वैैदेशिक व्यापार घाटा रु. १३ खर्ब १९ अर्ब ७८ करोड भन्दा धेरैको बेहोरेको थियो ।

चालू आवको तेस्रो त्रैमाससम्ममा नेपालले रु. १ खर्ब १३ अर्ब ९४ करोड ६० लाखभन्दा बढीको वस्तु निर्यात गरेको छ, जुन गत आवको चैतसम्मको तुलनामा निर्यात ३ दशमलव ६६ प्रतिशतले घटेको हो । गत आवको सो अवधिमा नेपालले १ खर्ब ३१ ऋर्ब ९७ करोडभन्दा धेरैको वस्तु निर्यात गरेको थियो ।

सोही अवधिमा नेपालले रु. ११ खर्ब ६७ अर्ब ३६ करोडभन्दा धेरैको विभिन्न वस्तु आयात गरेको छ । गत आवको सो अवधिमा नेपालले रु. १२ खर्ब १ अर्ब ५० करोडभन्दा धेरैको वस्तु आयात गरेको थियो ।

यस्तै विभागका अनुसार कुल वैदेशिक व्यापारमा नेपालको आयातको हिस्सा ९१ दशमलव ११ प्रतिशत रहेको छ । त्यस्तै कुल व्यापारमा निर्यातको निर्यातको हिस्सा ८ दशमलव ८९ प्रतिशत रहेको छ । यस्तै आयात र निर्यातको अनुपात ०.८४ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस