काठमाडौँ, १२ वैशाख । नेपाल ट्रेड युनियन कांग्रेसले शिक्षकहरूको आन्दोलनसँग ऐक्यबद्धता प्रकट गर्दै सरकारसँग तत्काल समाधानको माग गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै युनियनका महासचिव अजयकुमार राईले शिक्षक आन्दोलनको २३ दिन बितिसक्दा पनि सरकारबाट कुनै सार्थक संवाद नहुनु गम्भीर विषय भएको बताएका हुन्।
युनियनका महासचिव राईले गर्दै शिक्षक आन्दोलनको २३ दिन बितिसक्दा पनि सरकार पक्षबाट सार्थक संवाद वा समाधानको प्रयास नहुनु आपत्तिजनक भएको बताउनुभयो । युनियनले शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित हुँदा विद्यार्थी र अभिभावक अन्योलमा परेको उल्लेख गरेको छ । युनियनले शिक्षकको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै वार्ता र संवादद्वारा समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।