casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्रीको सम्बोधन र प्रि–बजेट छलफल मूख्य एजेन्डा

अनलाइनसमय |
१२ वैशाख २०८२
बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्रीको सम्बोधन र प्रि–बजेट छलफल मूख्य एजेन्डा

काठमाडौँ, १२ वैशाख । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संसद्का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका हुन् । अधिवेशन आज अपराह्न १ बजेबाट सुरु हुने संसद सचिवालयले जनाएको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी जानकारी दिने छन् । बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयनसमेत गरिने सम्भावना छ ।

अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेताहरूलाई मन्तव्य राख्न समय दिइनेछ । प्रधानमन्त्री तथा नेकपा ९एमाले० संसदीय दलका नेता केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रतिनिधिसभामा प्रस्तुत गर्ने छन्।

संविधानअनुसार जेठ १५ गते अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्नु पर्ने व्यवस्था छ । यही कारणले यो अधिवेशनलाई बजेट अधिवेशनका रूपमा लिइएको हो । संसद् सचिवालयका अनुसार यही वैशाख १९ गते राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ, जसपश्चात वैशाख २८ गतेदेखि ‘प्रि–बजेट’ छलफल सुरु हुने सम्भावना रहेको छ ।

बजेट प्रस्तुत हुनु १५ दिनअघि प्रि–बजेट छलफल गर्नु पर्ने कानुनी प्रावधान छ । सोही अनुसार, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्रारम्भिक बहस हुनेछ ।

यस अधिवेशनमा संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयक पारित गर्ने सरकारको तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun