सर्वोच्चमा रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी आज हुँदै

अनलाइनसमय |
८ वैशाख २०८२
सर्वोच्चमा रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी आज  हुँदै

काठमाडौं, ८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको आरोपसहित दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटको पेशी आज सर्वोच्च अदालतमा हुँदैछ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेको रिहाइको माग गर्दै उनकी पत्नी निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । रिटमा लामिछानेलाई कानुनविपरीत थुनामा राखिएको दाबी उनले गरेकी छिन् ।

यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई पुर्पक्ष थुनामा पठाउने आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस