परराष्ट्रमन्त्री राणा थाइल्याण्ड प्रस्थान

अनलाइनसमय |
७ वैशाख २०८२
परराष्ट्रमन्त्री राणा थाइल्याण्ड प्रस्थान

काठमाडौं, ७ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज थाइल्याण्डको बैंकक प्रस्थान गरेकी छन् । यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग ’युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक’ (युएनस्केप) को ८१ औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ गरेकी हुन् ।

नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डा. राणाले उक्त आयोगको ८१ औँ सत्रको अध्यक्षता गर्नुहुने कार्यतालिका रहेको छ । सो सत्रलाई मन्त्री डा. राणाले नेपालका तर्फबाट सम्बोधन गर्नेछिन् ।

यस सत्रको विषय वस्तु एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ । सो सत्रमा मन्त्री डा राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ । उनीहरु यही अप्रिल २५ मा स्वदेश फर्कने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस