काठमाडौं, २८ चैत । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका हुन् ।
बरालको बिहीबार राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बरालले १५ चैतमा सहयोगीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका थिए ।
१० फागुन ०८० मा चार वर्षका लागि मेरिटअनुसार नियुक्त भएका बरालले १३ महिनामै राजीनामा दिन दिएका हुन् ।