दुर्गा प्रसाईंले भने- म भागेको छैन, ज्यान जोगाउन मन्दिरमा सुरक्षित बसेको हुँ

अनलाइनसमय |
१७ चैत २०८१
दुर्गा प्रसाईंले भने- म भागेको छैन, ज्यान जोगाउन मन्दिरमा सुरक्षित बसेको हुँ

काठमाडौं, १७ चैत । शुक्रबार काठमडौंका तीनकुनेमा आयोजित राजावादीहरूको आन्दोलनको कमाण्डर रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफू फरार नरहेको दाबी गरेका छन् ।

प्रहरीले उनलाई पक्राउ गर्नका लागि खोजी गरिरहेको छ । यसैबीच प्रसाईंले एक भिडियो सन्देश जारी गर्दै आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि गर्न खोजिएको थाहा पाएपछि मन्दिरमा सुरक्षित बसेको उनले बताएका छन् ।

उनले सुरक्षाकर्मीलाई माफी माग्दै भनेका छन् ‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हँ । तपाईंहरूप्रति लक्षित दुष्मनी होइन । म तपाईंहरूबाट टाढा छैन, म भागेको छैन, भाग्दिन, तपाईंहरुले मलाई खोज्नुपर्देन । म सुरक्षित मात्रै बसेको हुँ । म माग्नलाई जन्मेको होइन, झुक्नलाई जन्मेको होइन ।’

शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए । सो क्रममा उनले कयौं पटक अश्लील शब्द पनि प्रयोग गरेका थिए । त्यसयता प्रसाईं फरार थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस