काठमाडौं, ४ मंसिर । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहनेछ ।
आज राती कोशी प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहनेछ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु÷कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।