काठमाडौं, १६ भदौ । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गरेका छन् । आज बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबार बस्ने गरी निर्णय गरेका हो ।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले भोलि दिउँसो १ बजे बैठक बस्ने सूचना सार्वजनिक गरिसकेका छन् ।
साथै, भोलिको बैठकमा भोटेकोशी बाढीले निम्तिएको संकट र प्रतिकार्यलगायतका विषयमा विशेष प्रस्ताव पेस गर्ने र दलीय आधारमा सबै दलका नेताहरूले बोल्ने तय भएको छ ।
यही भदौ १० गतेरसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । सोही प्रतिनिधिसभाको बैठक बसेको थियो । त्यसपछि अनिश्चित कालका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक भोलि बस्ने तय भएको हो ।