काठमाडौं, २२ साउन । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज परिसूचक ४ दशमलव ०५ अंकले घटेर २ हजार ६५० दशमलव ०९ विन्दुमा कायम भएको हो ।
आज ३ अर्ब ७७ करोड ४३ लाख ६१ हजार ५ सय ४१ रुपैयाँ बराबरको कारोबार भएको छ । यस अवधिमा १ करोड ३ लाख १३ हजार ९ सय ७९ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका कम्पनीहरूमध्ये ८६ कम्पनीको शेयर मूल्य बढ्दा १८४ कम्पनीको घटेको छ । यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।