थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड, ६ जनाको मृत्यु

अनलाइनसमय |
२२ साउन २०८३
थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड, ६ जनाको मृत्यु

काठमाडौं, २२ साउन । थाइल्यान्डको राजधानी बैंककनजिक रहेको देबसिरिन विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा ६ जनाको ज्यान गएको छ । स्थानीय प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंका गरिएका नौ कक्षामा अध्ययनरत १४ वर्षीय विद्यार्थी घटनास्थलमै मृत अवस्थामा फेला परेका छन् ।

गोली चलेपछि विद्यालय परिसरमा त्रास फैलिएको थियो । विद्यार्थी तथा कर्मचारीहरू ज्यान बचाउन सुरक्षित स्थानतर्फ भागेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी र आपतकालीन उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो ।

सुरक्षाका दृष्टिले अधिकारीहरूले सर्वसाधारणलाई नोन्थाबुरीस्थित देबसिरिन विद्यालय आसपासको क्षेत्रमा नजान आग्रह गरेका छन् ।

गोलीकाण्डको कारण खुल्न बाँकी रहेको भन्दै घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस