एकैदिन तोलामा ८ हजारले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
२१ साउन २०८३
एकैदिन तोलामा ८ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं, २१ साउन । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ८ हजार रुपैयाँले बढेको हो । र चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा ९५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस