काठमाडौं, २० साउन । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४ दशमलव ७९ अंकले बढेर दुई हजार ६६७ दशमलव ९७ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ६७ हजार ७३२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब २ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १२२ धितोपत्रको शेयर मूल्य बढ्दा १४३ को घटेको छ । यस्तै ११ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५० धितोपत्र कारोबारमा आएका छन् ।
आज सोलु हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरि शिखर पावर डेभलवमेन्ट ५ दशमलव ९१, रिदी पावर ५ दशमलव ७९, बुद्ध भुमि नेपाल हाइड्रोपावर ४ दशमलव ६९ र सिंग्य पावर डेभलवमेन्टको शेयर मूल्य ४ दशमलव १८ प्रतिशतले बढेको छ ।
यसदिन एभरेष्ट कलर ९ दशमलव ०३ र सिदार्थ इक्वीटि फण्ड २ को शेयर मूल्य ५ दशमलव ५ प्रतिशतले घटेको छ ।