एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन प्रहरी प्रमुख कार्की बैंकक प्रस्थान

अनलाइनसमय |
३ साउन २०८३
एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन प्रहरी प्रमुख कार्की बैंकक प्रस्थान

काठमाडौं, ३ साउन । नेपाल प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन् ।

थाइल्यान्डको राजधानी बैंककमा हुने एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी कार्की आइतबार बैंकक प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आईजीपी कार्कीको टोलीमा प्रहरी उपरीक्षक(एसपी) धर्मराज भण्डारी पनि बैंकक प्रस्थान गरेको जनाइएको छ ।

प्रहरी महानिरीक्षक कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना व्यक्त गर्दै बिदाइ गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस