घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
१७ असार २०८३
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १७ असार । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार हिजो चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस