काठमाडौं, १६ असार । नेपाल राष्ट्र बैंकले मंगलबार ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।
ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । आज मध्याह्न ३ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ । यसको ब्याजदरसमेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ ।
बोल गर्न सकिने रकम न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म तोकिएको छ ।
एक वर्षे अवधिको ‘कुल ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र धितो राखी कर्जा लिन दिन सकिनेछ ।