‘न्यू डे एजुकेशन’ मिडिया प्रतियोगिताको घोषणा, रशियन विश्वविद्यालयमा छात्रवृत्ति तथा रूस भ्रमणको अवसर

अनलाइनसमय |
११ असार २०८३
‘न्यू डे एजुकेशन’ मिडिया प्रतियोगिताको घोषणा, रशियन विश्वविद्यालयमा छात्रवृत्ति तथा रूस भ्रमणको अवसर

काठमाडौं, ११ असार । विदेशका विद्यार्थी, युवा पत्रकार, ब्लगर तथा मिडिया सामग्री सर्जक (कन्टेन्ट क्रियटर)लाई लक्षित गर्दै अन्तर्राष्ट्रिय मिडिया प्रतियोगिता ‘न्यू डे एजुकेशन’ घोषणा गरिएको छ । यस प्रतिस्पर्धाका विजेताहरूले रूस भ्रमणको अवसर प्राप्त गर्नुका साथै विश्वकै एक प्रतिष्ठित अन्तर्राष्ट्रिय विश्वविद्यालय ‘रुडन युनिभर्सिटी’मा पूर्ण छात्रवृत्तिमा स्नातकोत्तर (मास्टर्स डिग्री) अध्ययन गर्ने मौका पाउनेछन् ।

विदेशी युवाहरूलाई शिक्षा, संस्कृति, यात्रा, रशियन भाषा र रूसमा अध्ययनका अवसरहरूबारे आफ्नो दृष्टिकोण र कथाहरू मिडियामार्फत प्रस्तुत गर्ने मञ्च प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । यस प्रतिस्पर्धाले युवा सिर्जनाकर्ताहरूलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा पहिचान बनाउन र एउटा बलियो मिडिया प्रोजेक्ट तयार पार्न सघाउने विश्वास लिइएको छ ।

उक्त प्रतिस्पर्धामा सहभागी हुन चाहने इच्छुक उम्मेदवारहरूले सन् २०२६ जुलाई १० सम्म आवेदन दिइसक्नुपर्नेछ । आवेदन पश्चात् सन् २०२६ जुलाई १६ देखि ३१ सम्मको अवधिमा प्रतिस्पर्धाका लागि आवश्यक मिडिया सामग्रीहरू तयार पार्नुपर्ने तालिका रहेको छ । त्यसैगरी, प्रतिस्पर्धाको प्रक्रिया अन्तर्गत सन् २०२६ सेप्टेम्बर ९ देखि २४ सम्म रूसमा स्थलगत मिडिया भ्रमण सञ्चालन गरिनेछ भने प्रतियोगिताको अन्तिम नतिजा सन् २०२६ नोभेम्बर ३० भित्र प्रकाशन गरिने आयोजकले जनाएको छ ।

प्रतिस्पर्धाका उत्कृष्ट सहभागीहरूलाई रूसका अग्रणी विश्वविद्यालयहरूको स्थलगत मिडिया भ्रमणमा सहभागी गराइने विशेष अवसर प्राप्त हुनेछ । यसका साथै, प्रतिस्पर्धाको विधागत विजेतालाई रुडन युनिभर्सिटीमा पूर्ण रूपमा शुल्क छूट तथा छात्रवृत्तिको व्यवस्थासहित स्नातकोत्तर तह अध्ययनको अवसर प्रदान गरिने बताइएको छ ।

इच्छुक सहभागीहरूले अनलाइन दर्ताका लागि  newdayeducation.ru मा गएर आवेदन दिन सक्नेछन् । साथै थप जानकारीका लागि  newdayeducation2026@gmail.com मा सम्पर्क गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस