दीपेन्द्रको कप्तानीमा एसियन गेम्स क्वालिफायर खेल्ने नेपाली टोली घोषणा, रोहित पनि समेटिए

अनलाइनसमय |
१० जेठ २०८३
दीपेन्द्रको कप्तानीमा एसियन गेम्स क्वालिफायर खेल्ने नेपाली टोली घोषणा, रोहित पनि समेटिए

काठमाडौं, १० जेठ । सिंगापुरमा आयोजना हुने आगामी एसियन गेम्स क्वालिफायर खेल्ने नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टीममा रोहित पौडेल पनि समावेश भएका छन् । उनी यसअघि यूएईसँगको दुई खेलको टी–२० सिरिजमा टीममा परेका थिएनन् ।

एसियन गेम्स क्वालिफायर मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा हुँदै छ ।

नेपाली टीम ः दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, सोमपाल कामी, करण केसी र साहब आलम

May be an illustration of text that says 'ASIAN GAMES በሀሩ CAN DIPENDRA AIREE( KUSHAL BHURTEL AASIF SHEIKH SUNDEEP JORA KUSHAL MALLA LOKESH BAM SOMPAL KAMI ROHIT PAUDEL SANDEEP LAMICHHANE SHER MALLA NANDAN YADAV AARIF SHEIKH KARAN Kc SHAHAB ALAM'

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस