काठमाडौं, ४ जेठ । आईसीसी विश्वकप लिग २ अन्तर्गत अहिले भइरहेको खेलमा स्कटल्याण्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्ड ३९.१ ओभरमा १९४ रनमै अलआउट भयो ।
ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७७ रन बनाए । माइकल लिस्कले अर्धशतक बनाए भने जर्ज मुन्सीले २१ तथा मार्क वाटले २० रन जोडे ।
बलिङतर्फ नेपालका ललित राजवंशीले चार विकेट लिए भने सन्दीप लामिछानेले तीन विकेट लिए । नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक–एक विकेट लिए ।