casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

२०.५८ प्रतिशतले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

अनलाइनसमय |
१ जेठ २०८३
२०.५८ प्रतिशतले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं, १ जेठ । पछिल्लो एक वर्ष अवधिमा वैदेशिक लगानी प्रतिबद्धता २० दशमलव ५८ प्रतिशतले घटेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को दश महिनामा नेपालमा स्वचालित प्रणाली (अटोमेटिक रूट) र स्वीकृतिमार्फत ७२८ उद्योगका लागि ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । गत आवको वैशाखसम्ममा यस्तो प्रतिबद्धता ५७ अर्ब ६ करोड ७६ लाख रुपैयाँ आएको थियो ।

चालू आवको वैशाखसम्ममा अप्रुभल रूटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा अप्रुभल रूटबाट १९५ उद्योगका लागि ३९ अर्ब ५५ करोड ४२ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । त्यस्तै अटोमेटिक रूटबाट ८१ उद्योगका लागि ७३ करोड ७ लाख र शेयर खरिदबाट ५३३ उद्योगमा ५ अर्ब ७६ करोड ७३ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।

दश महिनामा ७११ वटा साना उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, ८ वटा मझैला र ९ वटा ठूला उद्योग स्वीकृत भएका छन् । सो अवधिमा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा २३ हजार ५३० जनाले रोजगारी पाउनेछन् ।

झण्डै आधा घट्यो पर्यटन क्षेत्रमा लगानी
पछिल्लो एक वर्ष अवधिमै पर्यटन क्षेत्रमा लगानी प्रतिबद्धता करिब आधाले घटेको छ । विभागका अनुसार वैशाखसम्ममा पर्यटन क्षेत्रका १८९ उद्योगका लागि १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ बरारबको लगानी प्रतिबद्धता आएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४१ दशमलव १९ प्रतिशतले कम हो । गत आवको १० महिनामा यस क्षेत्रमा २२३ उद्योगका लागि २१ अर्ब ३३ करोड ७५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

चालू आवको वैशाखसम्ममा कृषि क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा आएको कुल लगानी प्रतिबद्धतामध्ये कृषि क्षेत्रमा ४८ दशमलव ७३ प्रतिशत अर्थात् २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ प्राप्त भएको छ । यो क्षेत्रका १६ वटा उद्योगका लागि यस्तो प्रतिबद्धता आएको हो ।

त्यस्तै, सूचना तथा प्रविधि (आईसीटी) क्षेत्रमा ४२१ उद्योगका लागि १ अर्ब ७४ करोड ३८ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । परियोजनाको हिसाबले यो क्षेत्र सबैभन्दा अगाडि छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun