विश्व बैङ्कले नेपालको शैक्षिक क्षेत्रमा थप लगानी गर्ने

अनलाइनसमय |
३१ वैशाख २०८३
विश्व बैङ्कले नेपालको शैक्षिक क्षेत्रमा थप लगानी गर्ने

काठमाडौं, ३१ वैशाख । विश्व बैङ्कले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्ने चासो देखाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा यहाँस्थित विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिस्लेनले नेपालको शिक्षामा थप लगानी गर्ने इच्छा व्यक्त गरेका हुन् ।

भेटमा शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणका विषयमा विस्तृत छलफल भएको थियो ।
भेटवार्ताका क्रममा विश्व बैँकले नेपालको शिक्षा क्षेत्र, विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ । दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री पोखरेलले मन्त्रालयका वर्तमान प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, फाउन्डेसन लर्निङ सुदृढीकरण र शिक्षामा डिजिटाइजेसन तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस