काठमाडौं, १७ वैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
अहिले कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
राती कोशी, बागमती गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरुमा तथा मधेश र कोशी प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यम सम्मको वर्षाको हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज दिउँसो राती नै देशका तराई भू–भागका थोरै स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ ।
