काठमाडौं, १५ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर राजीनामा पत्र बुझाएको जनाइएको हो ।
गत भदौ १९ गते अध्यक्ष पदमा नियुक्त भएका बस्यालले विशेष कारण उल्लेख गर्दै कार्यकाल सकिनुअघि नै पद त्याग गरेको स्रोतले जनाएको छ ।