पृथ्वी दिवसमा वल्डलिंकद्वारा मन्जुश्री पार्कमा सरसफाइ र डस्टबिन हस्तान्तरण

अनलाइनसमय |
१० वैशाख २०८३
पृथ्वी दिवसमा वल्डलिंकद्वारा मन्जुश्री पार्कमा सरसफाइ र डस्टबिन हस्तान्तरण

काठमाडौं, १० वैशाख । वल्डलिंक कम्युनिकेशन्सको सामाजिक उत्तरदायित्व अन्तर्गत आज विश्वव्यापी रूपमा मनाइने पृथ्वी दिवस २०२६ का अवसरमा नेपालकोऐतिहासिक स्थल किर्तिपुर वडा नं ६ मा अवस्थित मन्जुश्री पार्कमा डस्टबिन हस्तान्तरण तथा सरसफाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा स्थानीय सस्थां प्रगतिशील युवा समूह र जलविनायक सामुदायिक वन उपभोक्ता समूहकोसंयुक्त आयोजना संचालन गरिएको थियो ।

यस कार्यक्रममा मन्जुश्री पार्क र जलविनायक सामुदायिक वनको क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि डस्टबिनहरू त्यहाका प्रतिनिधिहरु समक्ष वल्डलिंककी सिएसआर डाइरेक्टर तथा प्रमोटर सेयर होल्डर, अनुपा भण्डारी जालान र किर्तिपुर नगरपालिकाकी उपमेयर, शुभलक्ष्मी शाक्यले सयुक्त रुपमा डस्टविनको चाबी हस्तान्तरण गरेका थिए । साथै, सहभागीहरूले पार्क र सामुदायिक वन क्षेत्रमा सामूहिक रुपमा सरसफाइ अभियान सञ्चालन गर्दै प्लास्टिकरहित क्षेत्र व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्कमा आउने आगन्तुकहरूको सुविधालाई ध्यानमा राख्दै उक्त क्षेत्रमा निःशुल्क वाइफाइ सेवा पनि उपलब्ध गराइएको जानकारी भण्डारी जलानले दिए । जसले डिजिटल पहुँच र पर्यटकीय अनुभवलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

यसैगरी, उहांलेपृथ्वी दिवस केवल उत्सव नभई सवैकोसाझा जिम्मेवारी रहेको उल्लेख गर्दै हाम्रो शक्ति, हाम्रो पृथ्वी भन्ने यस वर्षको नाराले पृथ्वीको संरक्षणमा सामूहिक प्रयासको आवश्यकता झल्काउने बताए । उनले वातावरण संरक्षण कुनै एक पक्षको मात्र दायित्व नभई सबैको साझा जिम्मेवारी भएकोमा जोड दिए ।

कार्यक्रममा अगाडि बोल्दै, किर्तिपुर नगर उपप्रमुखले वल्डलिंककोसामाजिक उत्तरदायित्व अन्तर्गत गरिको कार्यक्रमको प्रशंसा गरे । आगामी दिनमा निरन्तर यस्ता गतिविधि गर्न सुझाब र साथ पाउने अपेक्षा पनि राखेका थिए । २०५० साल देखि स्थापना भएको प्रगतिसिल युवा समुहले मन्जुश्री पार्क र सामुदायिक वनको स्थापना र यसको संरक्षणमा निरन्तर लागि रहेको सो क्लवका अध्यक्ष सुजन मर्हजनले बताए । साथै, ऐतिहासिक स्थल मन्जुश्री पार्क र सामुदायिक वनको संरक्षण, प्रवद्र्धन, सास्कृतिक र प्रर्यटकीय पहिचानलाई सबै समक्ष पु¥याउन स्थानीयहरुको सक्रिय सहभागीता रहेको हुनाले सो कार्यममा बोल्दै सवैजना धन्यवादकोपात्र रहेको जानकारी दिए ।

कार्यक्रममा किर्तिपुर ६ का वडा अध्यक्ष, जलविनायक सामुदायिक वन उपभोक्ता समूह, विभिन्न संघ– संस्थाका प्रतिनिधिहरू, स्थानीय समुदाय, तथा सरोकारवाला व्यक्तिहरूको सकृय उपस्थिति रहेको थियो ।

वल्डलिंककोसामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म देशका विभिन्न स्थानमा विद्यालयहरूमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण, वृक्षारोपण र सामुदायिक वन संरक्षण, मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, दुर्गम क्षेत्रमा अनलाइन शिक्षा, स्वास्थ्य संस्थामा सौर्य ऊर्जा जडान, सुरक्षित इन्टरनेटसम्बन्धी जनचेतना तथा युवाहरूको डिजिटल क्षमता अभिवृद्धि जस्ता कार्यक्रमहरु निरन्तर गरि रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस