casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

अनलाइनसमय |
५ चैत २०८२
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं, ५ चैत । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरी स्वदेश फर्काएको हो ।

दूतावासका अनुसार उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बसिरहेका व्यक्तिहरु हुन् ।

कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा उनीहरूलाई चैत्र ४ गते कम्बोडियाबाट उद्धार गरी नेपाल पठाइएको दूतावासले जनाएको छ । उद्धार गरिएका नेपालीहरू चैत्र ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

दूतावासले हाल कम्बोडियामा अलपत्र परेका तथा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई स्वदेश फर्काउने पहल जारी रहेको जनाएको छ । अलपत्र परेका अन्य व्यक्तिहरु पनि रहेको सूचना प्राप्त भएको र उनीहरुलाई पनि फर्काउन पहल भइरहेको दूतावासले जानकारी दिएको छ ।

साथै, त्यहाँ अनलाइन ठगी तथा अन्य गैरकानुनी गतिविधिमा लगाइएका वा भिसा अवधि नाघेर बसिरहेका नेपालीहरूलाई तत्काल सम्पर्कमा आउन आग्रह गरिएको छ ।
यस्तै, ठगी केन्द्रहरूमा काम गराइएका धेरै नेपालीहरूको राहदानी कम्पनीहरूले जफत गर्ने वा हराएको गुनासो आउने गरेको उल्लेख गर्दै त्यस्तो अवस्थामा नेपाल फर्किनका लागि दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउने व्यवस्था रहेको जनाएको छ ।

पछिल्लो समय कम्बोडिया जाने नेपालीहरूको संख्या तीव्र रूपमा बढिरहेको भन्दै वैदेशिक रोजगारीमा जाँदा सरकारले तोकेको प्रक्रिया पूरा गर्न र कसैको प्रलोभनमा नपर्न आग्रह गरेको छ । साथै, भ्रमणको बहानामा कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डजस्ता देशहरूमा गैरकानुनी रूपमा काम गर्न नजान समेत दूतावासले अनुरोध गरेको छ ।

कम्बोडियाको प्रयटनसम्बन्धि तथ्याङ्कअनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपालीहरु भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा १ हजार ९७७ जना, सन् २०२३ मा २ हजार ९४० जना, सन् २०२४ मा ६ हजार ४०४ जना र सन् २०२५ मा ९ हजार ६७६ जना नेपालीहरु कम्बोडिया गएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun