casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा हेर्न पाइने

अनलाइनसमय |
४ पुष २०८२
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा हेर्न पाइने

काठमाडौं, ४ मंसिर । यहि पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने घर निर्माण फेस्ट २०८२ मा आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा तयार पारिएको छ । जसलाई ‘गिनिज बुक अफ वल्र्ड’ रेकर्डमा समावेश गर्ने तयारी गरिएको छ । यसअघि सन्२००७ जुलाई ४ मा अमेरिकाको टेक्सासमा लम्बाइ २.९४ मिटर (९ फिट ८ इन्च) र उचाइ तथा चौडाइ ०.९९ मिटर (३ फिट ३ इन्च) रहेको इट्टा निर्माण भएको थियो । यहि आकारलाई अझै ठूलो बनाउने उद्देश्यले कीर्तिमान कायम राख्ने गरि इट्टा निर्माण गरिएको हो ।

सो प्रर्दशनीमा ४० हजार बढी दर्शकले सहभागीता जनाउने छन् ।

नेपाली इट्टा, नेपाली सीप र नेपाली सोच
यो इट्टा पूर्ण रूपमा नेपाली कच्चा पदार्थ, नेपाली कालीगढको सीप र नेपाली प्रविधि–सोचको प्रयोगबाट तयार गरिएको हो । यसले नेपालमा परम्परादेखि विकसित इट्टा बनाउने कला, निर्माण प्रविधि र श्रमिकको दक्षता सक्षम र प्रतिस्पर्धी रहेको प्रमाणित गर्छ । विदेशी प्रविधिमा निर्भर नभई स्वदेशी स्रोतको अधिकतम उपयोग गरेर यस्तो विशाल संरचना निर्माण हुनु नेपाली सीपको आत्मनिर्भरता र मौलिकताको प्रतीक हो ।

विश्वलाई देखाउने
यस परियोजनामार्फत नेपालले आफ्नो निर्माण कला र नवप्रवर्तन क्षमता विश्वसामु प्रस्तुत गर्ने अवसर पाएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डमा समावेश हुने लक्ष्यले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान विस्तार गर्न सहयोग पु¥याउँछ । यसले विदेशी दर्शक, लगानीकर्ता र पर्यटकलाई नेपाली निर्माण उद्योगतर्फ आकर्षित गर्दै नेपाल पनि विश्वस्तरीय उपलब्धि हासिल गर्न सक्षम छ भन्ने सन्देश दिन्छ ।

अद्वितीय पहिचान
विश्वकै सबैभन्दा ठूलो इट्टाले नेपाललाई एक फरक र स्मरणीय पहिचान प्रदान गर्छ । यो केवल आकारको प्रतिस्पर्धा मात्र नभई नेपाली मेहनत, सिर्जनशीलता र आत्मविश्वासको प्रतीक हो। यस्तो उपलब्धिले “नेपाल केवल प्राकृतिक सौन्दर्यको देश मात्र होइन, सीप र कलाको देश पनि हो” भन्ने पहिचान स्थापित गर्दै राष्ट्रिय गौरवलाई थप मजबुत बनाउँछ ।

ऐतिहासिक रेकर्डको अवलोकन
घर निर्माण फेस्टमा राखिने विश्वकै सबैभन्दा ठूलो इट्टा केवल प्रदर्शनका लागि मात्र नभई दर्शकको प्रत्यक्ष अवलोकनका लागि खुला रहनेछ । आगन्तुकहरूले गिनिज बुक अफ वल्र्ड रेकर्डमा समावेश हुने तयारीमा रहेको यस ऐतिहासिक इट्टालाई नजिकबाट हेर्न, यसको आकार, बनावट र विशेषता बुझ्न पाउनेछन् । साथै, यस महत्वपूर्ण क्षणलाई सम्झनाका रूपमा सुरक्षित गर्न दर्शकले फोटो खिच्न सक्ने व्यवस्था गरिएको छ । यसले दर्शकको उत्साह बढाउनुका साथै ऐतिहासिक उपलब्धिको साक्षी बन्ने अवसर पनि प्रदान गर्नेछ ।

“जे गर्छौं नेपालमै गर्छौं” भन्ने नारासहित चार दिनसम्म हुने प्रदर्शनीमा २ सय करोड बढीको आर्थिक कारोबार हुने अपेक्षा छ । निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो यो फेस्टमा कुनै पनि निर्माणको तयारी देखि निर्माणसम्पन्न नहुँदा सम्मका सबै चरणहरुको प्रत्यक्ष प्रदर्शनी गरिने छ । अवलोकनकर्ताले आफ्ना घर निर्माणसम्बन्धी जिज्ञासा, निर्माण सामग्रीका छनोट, डिजाइन, लागत, गुणस्तर तथा आधुनिक प्रविधिबारे विशेषज्ञसँग जानकारी लिन सक्नेछन्। प्रदर्शनीमा सहभागी हुने विभिन्न ब्राण्डले ग्राहक लक्षित विशेष अफरहरु समेत सार्वजनिक गर्ने तयारी गरेका छन्। नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोग मार्फत नयाँ उचाईमा पु¥याउने उद्देश्यसहित फेस्ट गर्न लागिएको हो ।

नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरूले अझै पनि समान रूपमा ब्रान्ड प्रस्तुत
गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेकाले सो समस्याको सम्बोधन गर्न घर फेस्ट आयोजना गर्न लागिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun