casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

साउनमा घट्यो घरजग्गा कारोबार र राजस्व

अनलाइनसमय |
५ भदौ २०८२
साउनमा घट्यो घरजग्गा कारोबार र राजस्व

काठमाडौं, ५ भदौ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महिना (साउन)मा घर जग्गाको कारोबार र यसबाट प्राप्त हुने आम्दानी दुबै घटेको छ ।

देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले गत आवको साउको तुलनामा यो वर्षको साउनमा घरजग्गा कारोबार ८ दशमलव १८ प्रतिशतले घटेको देखाएको हो । विभागका अनुसार चालू आवको साउनमा देशभरका मालपोत कार्यालयबाट ३१ हजार ६२१ घरजग्गााको लिखत पारित भएको छ । गत आवको साउनमा ४३ हजार ८३५ वटा घर जग्गाको कारोबार भएको थियो ।

अघिल्लो महिना असारको तुलनामा समेत साउनमा घरजग्गा कारोबार ४३ दशमलव ०४ प्रतिशतले घटेको छ । असारमा ५५ हजार ५२४ घरजग्गाको लिखत पारित भएको थियो ।

साउनमा घरजग्गा कारोबारबाट प्राप्त हुने आम्दानी पनि घटेको छ । विभागका अनुसार साउनमा घरजग्गा कारोबार बाट ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ बराबरको राजस्व संकलन भएको छ, जुन गत आवको साउनको तुलनामा १४ दशमलव २३ प्रतिशतले कमी हो । गत आवको सोही महिनामा यस्तो कारोबारबाट ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ बराबर आम्दानी उठेको थियो ।

साउनमा सेवा करबाट २६ करोड २६ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुर १ अर्ब ८० करोड र पुँजीगत लाभकरबाट १ अर्ब १९ करोड ११ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

विभागका अनुसार कार्तिकमा सबैभन्दा धेरै भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले ४३ करोड ४ लाख ९५ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ । मालपोत कार्यालय लगनखेलपछि धेरै राजस्व संकलन गर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार रहेको छ यस कार्यालयले साउनमा घरजग्गा कारोबारबाट २६ करोड २ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालय भरतपुरले २३ करोड ६८ लाख, मालपोत कार्यालय कलंकीले २१ करोड ३१ लाख, मालपोत कार्यालय चाबहिलले १७ करोड ६९ लाख, मालपोत कार्यालय कास्कीले ११ करोड ८३ लाख र चितवनले १० करोड ११ लाख राजस्व संकलन गरेको छ ।

यसैगरी सबैभन्दा धेरै घरजग्गाको कारोबार गर्नेमा भने सुनसरीको इनरूवा मालपोत रहेको छ । यो कार्यालयले साउनमा १ हजार ७०० घरजग्गा लिखत पारित गरेको छ । सुनसरीपछि झापाको भद्रपुर मालपोतबाट १ हजार १७८ वटा घरजग्गाको कारोबार भएको छ । त्यस्तै धनुषाको जनकपुरधाम मालपोत कार्यालयबाट १ हजार १५७, बेलवारी मोरङबाट १ हजार १३७ र सप्तरी मालपोतबाट १ हजार १३२ वटा घरजग्गाको कारोबार भएका छन् ।

काठमाडौं उपत्यकाको हकमा घरजग्गाको किनबेच सबैभन्दा बढी भक्तपुरले गेरेको देखिन्छ । भक्तपुर मालपोतले साउनमा ८२९ घरजग्गाको लिखत पारित गरेको छ । त्यस्तै लगनखेल मालपोतले ६१६, कलङ्की मालपोतले ४६६ र साँखु मालपोतले २६३ वटा घरजग्गाको कारोबार गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun