casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१३ वर्ष ननाघेका बच्चालाई स्मार्टफोन दिनुहुन्छ ? हुन सक्छ यस्तो खतरा…

अनलाइनसमय |
१७ साउन २०८२
१३ वर्ष ननाघेका बच्चालाई स्मार्टफोन दिनुहुन्छ ? हुन सक्छ यस्तो खतरा…

काठमाडौं, १७ साउन । १३ वर्ष नपुग्दै स्मार्टफोन र सामाजिक सञ्जालको प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने एक नयाँ अध्ययनले देखाएको छ ।

सोमबार ‘जर्नल अफ ह्युमन डेभलपमेन्ट एन्ड क्यापाबिलिटिज’ मा सार्वजनिक गरिएको एक अध्ययनले स्मार्टफोन प्रयोग गर्ने उमेर जति कम हुन्छ, मानसिक स्वास्थ्यमा त्यसको असर त्यति गहिरो हुने देखाएको छ । अध्ययनमा भनिएको छ, ‘जुन बच्चाले चाँडो मोबाइल चलाउन सुरु गर्छ, त्यसको दिमाग, सोचाइ, भावना र आत्मविश्वासमा नराम्रो असर पर्न सक्छ ।’

विशेष गरी किशोरीहरूमा स्मार्टफोनको असर बढी देखिएको अध्ययनले बताएको छ । ‘बाल्यकालमै स्मार्टफोन चलाउन थालेका बालबालिकामा आत्महत्या गर्ने सोच आउन सक्छ,’ अध्ययनले भनेको छ, ‘उनीहरूले रिस र भावना नियन्त्रण गर्न सक्दैनन्, आफूलाई कम महत्पूर्ण ठान्ने समस्या आउन सक्छ, यथार्थबाट टाढा जाने प्रवृत्ति देखिन सक्छ ।’

अध्ययनले थप भनेको छ, ‘यदि कुनै बच्चाले १३ वर्ष नपुग्दै मोबाइल चलाउन सुरु ग¥यो भने जति कम उमेरमा चलायो त्यति धेरै मानसिक असर पर्ने सम्भावना हुन्छ । विशेषज्ञहरूले अभिभावकहरूलाई १३ वर्षभन्दा मुनिका बालबालिकालाई स्मार्टफोन र सामाजिक सञ्जालबाट जोगाउन सुझाव दिएका छन् । ‘१३ वर्षभन्दा कम उमेरका बच्चालाई मोबाइल र सामाजिक सञ्जालबाट टाढा राख्नुपर्छ । बच्चाको दिमाग राम्रोसँग विकास होस् भनेर यसमा ध्यान दिन जरुरी छ,’ विशेषज्ञहरूले भनेका छन् ।

अध्ययनका अनुसार १३ वर्ष नपुग्दै मोबाइल चलाउन थालेका बच्चाहरूले सामाजिक सञ्जाल धेरै प्रयोग गर्छन्, जसले उनीहरूलाई निन्द्रामा समस्या, अनलाइन दुव्र्यवहार (साइबर बुलिङ), र परिवारसँगको सम्बन्धमा दरारजस्ता समस्या देखिन थालेको छ ।

यो अध्ययन करिब २ करोड मानिसमा सर्वेक्षणमा गरिएको थियो, जसमा १६३ देशका मानिस सहभागी थिए । सहभागीहरूले आफूले भोगेका कुरा आफैं लेखेका थिए । जसमा नतिजा यति गम्भीर देखिएको थियो कि अनुसन्धानकर्ताहरूले अब विश्वव्यापी रूपमा १३ वर्षभन्दा कम उमेरका बच्चाहरूलाई मोबाइल र सामाजिक सञ्जाल चलाउन रोक लगाउनैपर्ने सिफारिस गरेका छन ।

अध्ययन प्रमुख तथा ‘सापियन ल्याब्स’ संस्थाका वैज्ञानिक तारा थियागराजनले भनेकी छन््, ‘१३ वर्षभन्दा कम उमेरका बच्चाहरूलाई मोबाइल दिन तुरुन्तै बन्द गर्नुपर्छ । साथै, बच्चाहरू जुन डिजिटल दुनियाँमा पुगिरहेका छन्, त्यसलाई पनि थप नियमन गर्न जरुरी छ ।’

 

पहिले भएका अनुसन्धानहरू प्रायः मोबाइल प्रयोग र चिन्ता वा डिप्रेसनबीचको सम्बन्धमा केन्द्रित थिए । तर यो नयाँ अध्ययनले त्यसभन्दा फरक पक्षमा ध्यान दिएको छ । अनुसन्धानकर्ता थियागराजनका अनुसार यो अध्ययनले बच्चाहरूको भावना नियन्त्रण, आफूलाई कम महत्व दिन्छन् भन्ने कुरामा पनि असर परेको देखाएको छ । यद्यपि, अध्ययनमा देखिएका नतिजा बच्चाहरू आफैंले बताएका आधारमा तयार गरिएको हो । वैज्ञानिकहरूले ती सबै कुरा आफैं पुष्टि गरेका होइनन् ।

अध्ययनले कुन–कुन प्रकारको मोबाइल प्रयोगले यी असरहरू ल्यायो भन्ने कुरा भने छुट्याउन सकेको छैन । प्रविधि बदलिंदै जाँदा भविष्यमा कस्तो असर हुन्छ भन्ने पनि पत्ता लागेको छैन । तर, अध्ययनको मुख्य सन्देश साना उमेरमै मोबाइल दिनु भनेको बच्चाको भावना, सोचाइ र आत्मविश्वासमै असर पार्ने खतरा निम्त्याउनु हो ।

१६ वर्ष नपुग्दासम्म सामाजिक सञ्जालबाट टाढा रहनुस्

अध्ययनले बच्चालाई कम्तीमा १६ वर्ष नपुग्दासम्म सामाजिक सञ्जाल (जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक) चलाउन नदिन समेत सुझाव दिएको छ । थियागराजनले भनेकी छन््, ‘यो अनुसन्धानले मलाई १३ वर्षको उमेरभन्दा पहिले नै बच्चाहरूलाई स्मार्टफोन दिनु भयानक विचार हो भन्ने कुरामा विश्वस्त बनाएको छ । जब म स्कूल, अभिभावक समूह र अन्य समुदायमा अभिभावकसँग कुरा गर्छु, म सधैं सल्लाह दिन्छु — बच्चालाई कम्तीमा १६ वर्ष नपुग्दासम्म सामाजिक सञ्जाल प्रयोग गर्न नदिनुस् ।’

बेलायतको एक अनुसन्धानले समेत किशोरावस्थामा सामाजिक सञ्जाल प्रयोग गर्ने बच्चाहरू एक वर्षपछि आफ्नो जीवनबाट कम सन्तुष्ट देखिने बताएको छ ।

सामाजिक मनोवैज्ञानिक जोनाथन हाइटले पनि आफ्नै चर्चित पुस्तक ‘द एन्क्सियस जेनेरेसन’मा १६ वर्षभन्दा अघिसम्म बच्चालाई सामाजिक सञ्जालबाट टाढा राख्नुपर्ने बताएका छन् । उनी भन्छन्, ‘अनलाइन प्रयोगले बच्चाको बाल्यकाल परिवर्तन गरिदिएको छ, जसले मानसिक रोगको समस्या समेत बढाइरहेको छ ।’

कसरी राख्न सकिन्छ टाढा ?

यति लामो समयसम्म बच्चालाई सामाजिक सञ्जाल नदिनु असम्भव लाग्न सक्छ । तर यदि हामीले हाम्रा बच्चाका साथीहरूका अभिभावकसँग कुरा गर्यौं र सामूहिक रूपमा यो उमेरसम्म हाम्रा बच्चाहरूलाई सामाजिक एपहरू प्रयोग गर्न नदिने निर्णय गरियो भने यो काम सजिलो हुन सक्छ ।

सामाजिक सञ्जालले महिला र किशोरीहरूमा पार्ने असरबारे बोल्ने एक विज्ञ भन्छिन्, ‘अहिलेसम्म कुनै पनि आमाबाबुले बच्चाले सामाजिक सञ्जाल चलाओस् भन्ने कुरामा खुसी छु भनेका छैनन् । बरु उनीहरू चिन्तित हुन्छन्, यदि मेरो बच्चा सामाजिक सञ्जालमा नभए साथीसँग घुलमिल हुनबाट छुटिने त होइन ? त्यसैले, साथीहरूको अभिभावकलाई पनि समेटेर यो निर्णय गर्नु महत्वपूर्ण हुन्छ ।

वेथ अन्टिल ८ समूहले एउटा अभियान चलाएको छ, जहाँ अभिभावकहरूले साइन गरेर सहमति जनाउँछन्, ‘आफ्नो बच्चालाई कक्षा ८ सकिँदासम्म स्मार्टफोन प्रयोग गर्न दिदैनौं ।’

अन्य समूहहरूले पनि यस्तै बाचा अभियानहरू सुरु गरेका छन् । न्यू जर्सीस्थित प्रिन्सटन साइकोथेरापी सेन्टरकी मनोचिकित्सक मेलिसा ग्रीनबर्ग भन्छिन्, ‘तपाईंको टोलमा यस्ता अभियान छन् कि छैनन्, खोज्नुहोस् । छैन भने तपाईंलाई यो महत्वपूर्ण लाग्छ भने आफैं सुरु गर्नुस् । सायद मानिसहरू अहिले बोलिरहेका छैनन्, तर तपाईंले सुरुवात गरेपछि उनीहरूलाई पनि राहत मिल्न सक्छ ।’

स्कूल र समाज दुवैको भूमिका जरुरी

अनुसन्धानकर्ता तारा थियागराजन भन्छिन्, ‘अभिभावकले आफ्ना बच्चालाई मोबाइलबाट जोगाउन कडा नियम भएका छान्न सक्छन्् अथवा आफ्ना बच्चाको स्कूलमा राम्रो नीति ल्याउन दबाब दिन सक्छन् ।’

यो समस्या अभिभावकले मात्र समाधान गर्न नसक्ने उनी बताउँछिन् । मैले छोरीलाई १६ वर्षभन्दा अघि सामाजिक सञ्जाल नचलाउन भन्छु । उनका साथीका अभिभावकलाई पनि मनाउँछु । तर स्कुल बसमा वा कार्यक्रमहरूमा उनीहरूले ती एप हेर्ने सम्भावना कायमै रहन्छ,’ थियागराजनले भनिन् ।

बच्चासँग खुलेर कुरा गर्नुहोस्

यदि तपाईंले पहिल्यै १३ वर्ष नपुग्दै बच्चालाई मोबाइल दिनुभएको छ वा त्यसको असर देखिएला भनेर डर लागिरहेको छ भने पनि डराउन जरुरी छैन, प्रिन्सटन साइकोथेरापी सेन्टरकी मनोचिकित्सक मेलिसा ग्रीनबर्ग भन्छिन् । ‘यदि तपाईं चिन्तित हुनुहुन्छ, तर अहिले बच्चामा खासै कुनै लक्षण देखिएको छैन भने पनि बच्चासँग सिधा र सजिलो भाषामा कुरा गर्नुहोस् । उनलाई भन्नुहोस्— केही बच्चाहरूलाई चिन्ता, आत्मसम्मानको कमी वा भावनात्मक समस्याहरू हुन सक्छन् । यस्तो भएमा सहयोग पाइन्छ, र तपाईं सँधै उनीहरूसँग हुनुहुन्छ भनेर ढुक्क बनाउनुहोस् ।’

स्मार्टफोनको असर रोक्न अभिभावकले विकल्प खोज्न सक्छन् : ग्रीनबर्ग

यदि आफ्ना बच्चामा मानसिक समस्या, आत्मसम्मानको कमी वा भावना नियन्त्रणमा समस्या देख्नुभएको छ भने लाइसेन्स प्राप्त मानसिक स्वास्थ्य विशेषज्ञसँग सहयोग ग्रीनबर्गले सुझाव दिन्छिन् ।

‘यदि तपाईंको बच्चासँग पहिल्यै स्मार्टफोन छ भने पनि चिन्ता गर्नुपर्ने छैन,’ ग्रीनबर्ग भन्छिन्, ‘यस्ता कुरा पढ्दा कतिपय अभिभावकलाई लाग्न सक्छ— अब त फर्कनै सकिन्न, तर त्यो ठिक होइन । अहिलेको व्यवस्था बच्चा वा परिवारका लागि ठीक चलिरहेको छैन भने बाटो बदल्न डराउनु पर्दैन ।’

बालबालिकालाई स्मार्टफोनको नकारात्मक असरबाट जोगाउन अभिभावकले केही विकल्प अपनाउन सक्छन् । ‘जस्तैः मोबाइलमा ‘प्यारेन्टल कन्ट्रोल’ लगाउने, स्मार्टफोनको सट्टा साधारण ‘फ्लिप फोन’ दिने वा केही एप र फिचर हटाउने,’ उनी भन्छिन् । यस्ता परिवर्तन गर्दा बच्चा खुसी नहुन सक्छन् । तर त्यो डरले निर्णय लिन नछाड्न उनको सुझाव छ ।

‘जब हामीले तिमीलाई पहिलो पटक मोबाइल दियौं, त्यसबेला हामीलाई यसले तिमीलाई कस्तो असर पार्छ भन्ने धेरै थाहा थिएन । अहिले धेरै वैज्ञानिक र डाक्टरहरूले बच्चामा मोबाइलको असरबारे अनुसन्धान गरिरहेका छन् । हामीले धेरै नयाँ कुरा सिक्दैछौं । त्यसैले, तीम्रो भलोको लागि केही परिवर्तन गर्नुपर्छ, किनभने हामी तिमीलाई स्वस्थ राख्न चाहन्छौं ।’ यस्ता कुरा बच्चासँग गर्न सकिन्छ ।

बच्चाले तपाईंको निर्णयबाट रिस वा दुख व्यक्त गर्छन् भने त्यसलाई बुझ्ने प्रयास गर्नुपर्छ । ‘जब हामी ठूला मान्छेसँग केही बानी परिवर्तन गर्न भनिन्छ वा केही चिज हटाइन्छ । हामी पनि सधैं सहज तरिकाले प्रतिक्रिया दिँदैनौं । त्यसैले बच्चाबाट पनि त्यही किसिमको परिपक्व प्रतिक्रिया अपेक्षा गर्नु ठीक होइन,’ मनोवैज्ञानिक ग्रीनबर्ग भन्छिन् ।

साना बच्चालाई स्मार्टफोन दिनु खतरनाक हुने तपाईँलाई थाहा भइसकेको छ भने यदि तपाईंको बच्चाले अहिले पनि मोबाइल पाएको छैन भने अरू अभिभावकसँग कुरा सुरु गर्नुहोस् । टोल, स्कूल वा समुदायमा मिलेर सबैले सँगै सहमति जनाउनुहोस् कि साना बच्चालाई मोबाइल ढिलो दिनुपर्छ ।

अभिभावकहरूले आफ्ना बच्चाको भलाइका लागि केही कठोर निर्णय लिनुपर्ने अवस्था आउन सक्छ जस्तै मोबाइल प्रयोगमा रोक लगाउनु, सामाजिक सञ्जालबाट टाढा राख्नु वा विकल्प खोज्नु । यो सजिलो निर्णय होइन, तर सामूहिक छलफल, आपसी सहमति र वैज्ञानिक आधारमा आधारित निर्णयले बालबालिकाको भविष्य उज्यालो बनाउन सकिन्छ । त्यसैले, स्मार्टफोनका लोभलाग्दा फिचरहरूभन्दा पनि बच्चाको मानसिक, भावनात्मक र सामाजिक स्वास्थ्यलाई प्राथमिकता दिनु उपयुक्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun