casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

गत आवमा २५ प्रतिशतले बढ्यो शेयर बजार मापक नेप्से परिसूचक

अनलाइनसमय |
१ साउन २०८२
गत आवमा २५ प्रतिशतले बढ्यो शेयर बजार मापक नेप्से परिसूचक

काठमाडौं, १ साउन । आर्थिक वर्ष (आव) २०८१/८२ नेपाली शेयर लगानीकर्ताका लागि उत्साहजनक रह्यो । यो आवमा शेयर बजार मापक नेप्से परिसूचक करिब २५ प्रतिशतले बढेको छ । अघिल्लो आवको असार मसान्तको तुलनामा गत आवको सोही अवधिमा २४ दशमलव ७४ प्रतिशत अर्थात् ५ सय ५४ दशमलव ३८ अंकले बढेको हो ।

गत आवको असार मसान्तमा दुई हजार ७९४ दशमलव ७९ विन्दुमा रोकिएको नेप्से अघिल्लो आव २०८०/८१ को असार मसान्तमा दुई हजार २४० दशमलव ४१ विन्दु कायम भएको थियो ।

शेयर बजारको यो वृद्धिलाई पुँजी बजार विश्लेषकहरूले सकारात्मक संकेतका रूपमा लिएका छन् । अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि गत आव सुरु भएदेखि बढ्न थालेको बजारले ३ हजारको उच्च विन्दु छोएको थियो । अघिल्लो आवमा उच्च विन्दु दुई हजार २५७ दशमलव ६० थियो भने गत आवमा ३ हजार दशमलव ८१ को उच्च विन्दुसम्म पुगेको तथ्यांक छ ।

गत आवमा कारोबार रकम पनि बढेको छ । अघिल्लो आवमा ७ खर्ब ३४ अर्ब ६८ करोड ४४ लाख रुपैयाँको कारोबार भएकोे थियो भने गत आवमा २१ खर्ब २४ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको तथ्यांक छ, जुन अघिल्लो आवको तुलनामा १३ खर्ब ९० अर्ब २३ करोड १० लाख बढि हो ।

दुई आर्थिक वर्षमा भएका प्रमुख परिवर्तन

गत आवमा २३१ दिन शेयर कारोबार भएको थियो भने अघिल्लो वर्ष २२९ दिन कारोबार भएको थियो ।

सो अवधिमा नेप्सेमा सूचीकृत कम्पनीको संख्या भने जम्मा दुईओटा मात्र थपिएको देखिन्छ । अघिल्लो आवमा २७० ओटा रहेको सूचीकृत कम्पनी गत आवको अन्त्यसम्म २७२ ओटामा रहेको छ ।

मौद्रिक नीतिको प्रारम्भिक संकेत
नेपाल राष्ट्र बैंकले गत असार २७ गते शुक्रबार आव २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक ग¥यो । गभर्नर डा. विश्वनाथ पौडेलको यो पहिलो मौद्रिक नीति हो । अर्थतन्त्र चलायमान बनाउन उनले मौद्रिक नीतिमा लचक देखाए ।

शेयर धितोकर्जाको एकल सिमा १५ करोडबाट २५ करोड पु¥याएको छ । करिडोरको तल्लो र माथिल्लो सिमा घटाएपछि निक्षेपको ब्याजदर घट्ने देखिएको छ । करिडोरको तल्लो बिन्दु (निक्षेप संकलन दर) शून्य दशमलव २५ र माथिल्लो बिन्दु (बैंक दर) ६ दशमलव ३० बाट घटाएर ६ प्रतिशत कायम गरिएको छ । यसले निक्षेपमा रकम राखेर प्रतिफल लिनेहरू पनि अब शेयर बजारमा आउने सम्भावना बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun