casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

२५.८९ अङ्कले बढ्यो नेप्से, ९ अर्ब ६८ करोडको कारोबार

अनलाइनसमय |
२६ असार २०८२
२५.८९ अङ्कले बढ्यो नेप्से, ९ अर्ब ६८ करोडको कारोबार

काठमाडौं, २६ असार । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक २५ दशमलव ८९ अङ्कले बढेर दुई हजार ७३१ दशमलव ८ बिन्दुमा कायम भएको हो ।

आज २ करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १६१ धितोपत्रको शेयर मूल्य बढ्दा ८७ को घटेको छ । यसदिन कुल ३१२ धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार १३ समूहको उपसूचकमध्ये दुई उपसूचक घटेको छ भने बाँकी ११ ओटा उपसूचकको बढेको छ । बैंकिङ समूहको उपसूचक सर्वाधिक ३ दशमलव ०२ प्रतिशतले बढेको छ । यस्तै माइक्रोफाइनान्स १ दशमलव ४६, विकास बैंक १ दशमलव १२, म्युचुअल फण्ड शून्य दशमलव ८५, फाइनान्स शून्य दशमलव ५१, त्पादन तथा प्रशोधन शून्य दशमलव ४५, लगानी शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव २७, जीवन बीमा शून्य दशमलव १९, अन्य शून्य दशमलव १७ र होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव १४ प्रतिशतले बढेको छ ।

यसैगरी व्यापार शून्य दशमलव ५३ र हाइड्रोपावर समूहको शेयर मूल्य शून्य दशमलव २२ प्रतिशतले घटेको छ ।

आज माइ खोला हाइड्रोपाव ८ दशमलव १५, मान्डु हाइड्रोपाव ६ दशमलव ७६, समता घरेलु लघुवित्त ६ दशमलव ५७, भागवती हाइड्रोपाव डेभलपमेण्ट ६ दशमलव ५२ र सानिमा बैंकको शेयर मूल्य ४ दशमलव ८ प्रतिशतले बढेको छ ।

यसदिन कर्पोरेट डेभलपमेण्ट बैंक ९ दशमलव ९२, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन ६ दशमलव ४७, सिन्धु विकास बैंक ४ शदमलव ३९, पञ्चकन्या माइ हाइड्रोपावर ४ दशमलव ३५ र गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको शेयर मूल्य ३ दशमलव ६७ प्रतिशले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun