casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेपालीले कहिले पाउँछन् भारतमा क्यूआर भुक्तानी सुविधा ?

अनलाइनसमय |
३० माघ २०८१
नेपालीले कहिले पाउँछन् भारतमा क्यूआर भुक्तानी सुविधा ?

कुल नारायण श्रेष्ठ,
काठमाडौं, ३० माघ । नेपाल र भारतबीच अन्तरदेशीय क्यूआर भुक्तानी सेवा (क्रस बोर्डर पेमेन्ट) सञ्चालन गर्ने सम्झौता भएको झण्डै दुई वर्ष बितिसकेको छ । सम्झौता अनुसार दुवै देशका नागरिकलाई सहज रूपमा भुक्तानीको सुविधा दिने लक्ष्य राखिएको थियो । तर अहिले भारतीय नागरिकहरूले नेपालमा क्यूआरबाट भुक्तानी गर्न पाए पनि नेपालीले भारतमा यो सुविधा अझै पाएका छैनन् ।

२०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा यो सेवा सञ्चालन सम्झौता भएको थियो । त्यतिबेला नेपालको भुक्तानी साझेदार नेपाल क्लियरिङ हाउस (एनसीएचएल) र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया (एनपीसीआई)बीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त सम्झौताको ९ महिनापछि भारतीय नागरिकले नेपालमा क्यूआर भुक्तानी सेवा लिन पाए पनि नेपालीले भारतमा यो सुविधा पाउन सकेका छैनन् ।

भारतीय मापदण्ड र कानुनी प्रक्रियामा केही असहजता देखिँदा यो सेवाको सञ्चालनमा ढिलाइ भइरहेको फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस सापकोटाले बताए । उनका अनुसार नेपालको तर्फबाट यो सेवा प्रवाहका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । ‘हामीले यहाँ टेस्ट ट्रान्जेक्सनलगायत सबै प्रक्रिया पुरा गरिसकेका छौं, अहिले पाँच वटा मोबाइल बैंकिङमा इन्डिग्रेट गरेर बसेका छौं,’ उनले भने, ‘भारतीय पक्ष पूर्ण रूपमा तयारी नहुँदासम्म यसको प्रयोग गर्न सकिँदैन ।’

उनका अनुसार दुवै देशका नियामक निकायबीच प्रक्रिया टुंगिएपछि मात्र क्यूआर भुक्तानी सेवा पूर्ण रूपमा सञ्चालनमा आउनेछ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल यो समस्या चाँडै समाधान हुने बताउँछन् । ‘अहिले नेपाली नागरिकले भारतका एटीएमबाट पैसा झिक्न सक्ने सुविधा छ, अब क्यूआर भुक्तानी सेवा पनि सञ्चालनमा आउँछ,’ उनले भने, ‘यो कार्यान्वयनकै चरणमा छ ।’

डिजिटल भुक्तानी सहज बनाउन सरकारले पहल गरिरहेको दाबी गरे पनि सम्झौता भएको लामो समयसम्म नेपाली नागरिकले सेवा पाउन सकेका छैनन् ।

गत फागुनदेखि नेपालमा भारतीय नागरिकहरूले भने सहज रूपमा क्यूआरबाट भुक्तानी गरिरहेका छन् । नेपालका होटल, पसल तथा व्यावसायिक गतिविधिमा भारतीय नागरिकले सजिलै डिजिटल वालेटमार्फत यो सुविधा लिइरहेका छन् । तर सोही सुविधा नेपाली नागरिकहरूले भारतमा पाउन नसक्नुले डिजिटल भुक्तानी प्रणाली दुईतर्फी हुन सकेको छैन ।

यता, भुक्तानी सेवा सञ्चालक एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले भारतमा नेपालीले क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि आफूहरू तयार भइसके पनि पीटुपी (पर्सन टु पर्सन) भुक्तानीको विषय टुंगिन बाँकी रहेको बताए । यसको टुंगो लागेसँगै सेवा शुरू हुने उनको भनाइ छ ।

हाल भारत, चीन, कोरिया, जापान, सिङ्गापुर, ताइवान, हङ्कङलगायत मुलुकका नागरिकले नेपालमा क्यूआरबाट भुक्तानी गरिरहेका छन् । ‘अलिपे र अन्तरराष्ट्रिय एग्रिगेटरमार्फत यो सेवा सञ्चालन भइरहेको छ,’ उनले भने, ‘यसका लागि फोन पे वा अन्य योसँग सम्बन्धित क्यूआर सेवा प्रयोग गर्न सकिन्छ ।’

हाल १२ वटा देशका १४ भन्दा बढी लोकल वालेट भएका विदेशी पर्यटक वा नागरिकले नेपालमा सहज रूपमा क्यूआर भुक्तानी सेवा प्रयोग गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले चालू आवको असोजदेखि अन्तरदेशीय क्यूआर भुक्तानीको पनि डेटा राख्न थालेको छ । यद्यपि शुरूदेखि पुससम्ममा ८० करोड २ लाखको भुक्तानी भएको तथ्याङ्क छ । यस प्रणालीबाट असोजमा १३ करोड ९ लाख, कात्तिकमा १५ करोड ६ लाख रुपैयाँ भुक्तानी भएको थियो भने मंसिरमा १९ करोड ३ लाख र पुसमा ३१ करोड ४ लाखको भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun