casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

माइग्रेन रोकथामको उपाय

अनलाइनसमय |
११ असोज २०८१
माइग्रेन रोकथामको उपाय

अस्मिता सापकोटा

काठमाडौं, ११ असोज । सामान्यतया टाउको दुख्नुलाई गम्भीर रुपमा लिइँदैन । कतिपयले त पेनकिलरकै भरमा दुखाइ टारिरहेका पनि हुन्छन् । जबसम्म यसले जटिल रुप लिँदैन, तबसम्म अस्पताल जानेबारे हामी सोच्दा पनि सोच्दैनौ । तर यसलाई सधँै सामान्य रुपमा लिइरहनु भने हँुदैन । अस्पतालमा जाँच गराउँदा टाउको दुखाइका अन्य कारण भेटिएन भने समय समयमा टाउको दुखिरहनु माइग्रेनको संकेत पनि हुन सक्छ ।

 

माइग्रेन भनेको के हो ?

समय समयमा दोहोरिरहने एक प्रकारको टाउको दुख्ने रोग माइग्रेन हो । माइग्रेन हुँदा प्रायः टाउकाको एक भागमा मात्र घोचेजस्तो गरेर दुख्छ । यो रोग धेरैजसो पुरुषहरुको तुलनामा महिलाहरुमा बढी देखिएको पाइन्छ । साथै यस रोग बाल्यवस्था वा युवावस्थादेखि नै सुरु हुन्छ ।

 

माइग्रेनका कारणहरु

माइग्रेन हुनुको निश्चित कारण अझै पत्ता लागिसकेको छैन । तर कतिपयमा यो रोग बंशानुगत पनि हुन्छ । यस रोग मस्तिष्कमा जैविक रसायनहरुको असन्तुलनको कारणले हुन सक्ने वैज्ञानिकहरुको अनुमान छ । साथै धेरै सोच्नुपर्ने तथा मानसिक काम धेरै गर्नुपर्ने मानिसमा माइग्रेन बढी भएको पाइन्छ ।

माइग्रेनका अन्य सम्भावित कारणहरु :

१. अत्यधिक मानसिक तथा शारीरिक तनाव

२. मद्यपान तथा धूमपान

३. अनिद्रा

४. गुन्द्रुक, तामा तथा शिशीमा राखिएका गलेका अचारको सेवन

५. दुखाइ कम गर्ने औषधि (पेनकिलर) को अत्यधिक प्रयोग

 

माइग्रेनका लक्षणहरु

माइग्रेन लामो समयसम्म रहिरहने रोग हो । साथै यसका लक्षणहरु बिरामी अनुसार फरक फरक हुन सक्छन् । यसको मुख्य लक्षण नै केही दिन बिराएर समय समयमा टाउको दुखिरहनु हो । यसका अन्य लक्षणहरु ः

१. टाउकोको एक भागमा घोचेजसरी मात्र दुख्नु र यो दुखाइ टाउकोको एक भागबाट अर्को भागमा सर्नु ।

२. टाउको दुख्दा आँखाका गेडा, निधार, घाँटी लगायत अन्य भागमा पनि दुख्नु ।

३. वाकवाकी लाग्नु तथा वान्ता हुनु

४. उज्यालो प्रकाश, हल्ला तथा ठूलो आवाज सहन नसक्नु

५. हात–खुट्टा चिसो हुनु

६. टाउको दुखाइ सुरुहुनु भन्दा अघि चिड्चिडापन आउनु तथा निन्द्रा लागेको जस्तो हुनु

७. टाउको दुखाइ रोकिए पछि पनि थकान तथा मन्द टाउको दुखाइ भइरहेकै जस्तो महसूस गर्नु

 

रोकथामको उपाय

बिरामीमा यिनै लक्षणहरुका आधारमा माइग्रेन रोग लागेको हो भनेर अनुमान गर्न सकिन्छ । यो रोगका लागि कुनै निश्चित जाँच नभएको चिकित्सकहरु बताउँछन् । साथै यो रोग पूर्ण रूपमा निको हुन गाह्रो हुने उनीहरुको भनाइ छ । यद्यपि तल दिइएका केही उपायहरु अपनाएर यसलाई कम गर्न भने सकिन्छ ।

१. क्याफिनले माइग्रेनको दुखाइ बढाउने भएकोले क्याफिन पाइने खानेकुरा जस्तै चिया, कफी, ब्राउन चक्लेट नखाने

२. राति एउटै समयमा सुत्ने बानी बसाउने

३. पुरानो शिशीको अचार, गुन्द्रु्क, तामा जस्ता खानेकुरा नखाने

४. चिन्ता नलिने

५. घाममा धेरै नबस्ने

६. दुखाइ कम गर्ने औषधि (पेनकिलर)को प्रयोग कम गर्ने

७. खाली पेट नबस्ने ।

(एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun