casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

यी हुन् सम्भावित क्यान्सरबाट बच्ने उपाय

अनलाइनसमय |
२ असोज २०८१
यी हुन् सम्भावित क्यान्सरबाट बच्ने उपाय

अस्मिता सापकोटा
काठमाडौं, २ असोज । हाम्रा वरिपरि कैयाँै मानिस प्राणघातक रोग क्यान्सरबाट पीडित छन् । कोही उपचारको क्रममा छन् भने कोही उपचार नपाउँदा ओछ्यानमै छट्पटाउन बाध्य छन् । कतिपयको उपचारकै क्रममा मृत्यु समेत हुन्छ । यस्तो देख्दा जो कसैलाई यो रोग कहिल्यै नलागोस् भन्ने लाग्छ । वंशाणुगत, जेनेटिक, वातावरणीय, जीवनशैली लगायत कारणले क्यान्सर रोग लाग्ने सम्भावना बढी हुन्छ । सबै खालका क्यान्सरबाट बच्ने उपाय पनि हुँदैन । तर जीवनशैलीसँग सम्बन्धित हुने क्यान्सरको जोखिम भने धेरै हदसम्म घटाउन सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले क्यान्सर विश्वव्यापी मृत्युदरको प्रमुख कारण भएको बताएको छ । यसले सन् २०५० सम्ममा विश्वव्यापी क्यान्सरको बोझ ७७ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । हुन त करिब ५० प्रतिशत क्यान्सर खराब जीन वा उमेरकै कारण हुन्छन् । भने मस्तिष्कको क्यान्सर पनि वंशाणुगत हुने सम्भावना धेरै नै हुन्छ । तर ५० प्रतिशत क्यान्सर रोग भने बाह्य प्रभाव वा असरले हुने वैज्ञानिकहरुको भनाइ छ ।

उनीहरुका अनुसार जीवनशैलीलाई सुधार गरेर केही प्रकारका क्यान्सरहरुबाट भने बच्न सकिने सम्भावना हुन्छ । कतिपय अवस्थामा वातावरणको अनुकूलता हामी एक्लैको हातमा हुँदैन । यद्यपि यसलाई केही मात्रामा सुधार गर्न भने पक्कै सकिन्छ । यहाँ हामी यसको जोखिम न्यूनीकरणमा सहयोग गर्ने केही उपाय तथा जीवनशैलीको बारेमा चर्चा गर्दै छौं ।

 

१. धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने

चुरोट तथा सुर्तीजन्य पदार्थको बाहिरी खोलमै यो स्वास्थ्यको लागि हानिकारक छ लेखिएको हुन्छ । यद्यपि यसको सेवन त्याग्न नसक्दा कालान्तरमा यसैले क्यान्सर निम्त्याउन सक्ने सम्भावना हुन्छ । विषाक्त चुरोटको धुँवाले फोक्सोको क्यान्सर मात्र होइन, अन्य प्रकारका ट्युमर पनि हुन सक्ने अध्ययनहरुले देखाएका छन् ।

यसैगरी २०२४ मा प्रकाशित एक दशक लामो अध्ययनले चुरोट मात्र पिउने मानिसको तुलनामा भेप (निकोटिन तथा अन्य स्वाद मिश्रित बाफ भएको धूमपान जन्य सामग्री)सहित चुरोट पनि पिउने मानिसलाई फोक्सोको क्यान्सर हुने खतरा बढी भएको देखाएको छ ।

 

२. उचाइ र उमेर अनुसार तौल सन्तुलनमा राख्ने

क्यान्सरको जोखिम निम्त्याउने प्रमुख कारणमध्यको एक हो मोटोपना । यसले गर्दा रगतमा शरीरलाई चाहिने भन्दा बढी इन्सुलिनको उत्पादन हुन्छ । जसले मिर्गौला, पित्तथैली र अन्ननलीको क्यान्सर जस्ता लगभग सबै प्रकारको क्यान्सरको जोखिम बढाउँछ । साथै मोटोपनले शरीरमा अतिरिक्त बोसो सक्रिय गराउँछ । यसको कारण शरीरका कोशिकाहरू धेरै पटक विभाजित हुन सक्छन् । यसरी शरीरका कोशिकाहरु चाहिने भन्दा बढी मात्रमा विभाजित भए यसले क्यान्सर निम्त्याउन सक्छ । यसैगरी बढी तौल भएका महिलाहरूमा एस्ट्रोजन हर्मोनको मात्रा बढी हुने र यसले पाठेघर वा स्तन क्यान्सरको जोखिम बढाउने अध्ययनले देखाएको छ ।

 

३. शारीरिक क्रियाकलाप

शरीरलाई तन्दुरुस्त राख्न पर्याप्त शारीरिक क्रियाकलाप तथा व्यायाम आवश्यक हुन्छ । साथै प्रशस्त व्यायाम गरेर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिने एक अध्ययनले देखाएको छ । यसो गर्नाले रगतमा इन्सुलिनको स्तर कम गर्न मद्दत गर्छ र तौल बढ्नबाट रोक्छ । शरीरलाई स्वस्थ राख्न सघन शारीरिक क्रियाकलाप पनि नचाहिने, सामान्य हिँड्डुल तथा घरायसी काम गर्दा पनि व्यायाम हुने र यसले क्यान्सरको जोखिम घटाउन पनि मद्दत गर्ने वैज्ञानिकहरुको भनाइ छ ।

 

४. अत्यधिक मदिरा नपिउने

मादक पदार्थ पिउनाले मुख, घाँटी तथा अन्ननलीमा ट्युमर हुन सक्ने धेरै सम्भावना हुन्छ । एकै पटक धूमपान र मद्यपान गर्नु थप खतरनाक हुन सक्ने र यसले क्यान्सरको जोखिम सय गुणासम्म बढाउन सक्ने अध्ययनहरुले देखाएका छन् ।

 

५. रातो मासु नखाने

एक अध्ययनले रातो मासु खानाले आन्द्राको क्यान्सर हुन सक्ने सम्भावना रहेको देखाएको छ । यसमा पनि विशेषगरी गाईको मासु हानिकारक रहेको देखिन्छ । यसैगरी सुँगुरको मासु खानाले पनि केही मात्रामा क्यान्सरको जोखिम निम्त्याउने देखिन्छ । साथै पोलेको मासुलाई झनै हानिकारक मानिन्छ । यस्तो मासुमा पोलीसाइक्लिकल एरोमेटिक हाइड्रोकार्बन जस्ता कार्सिनोजेनिक पदार्थहरू पाइन्छ । यसले क्यान्सरको जोखिम उच्च गराउने सम्भावना हुन्छ । भने अर्कोतर्फ माछाको मासु खानाले क्यान्सरबाट बच्न सकिने केही अध्ययनकर्ताहरुको भनाइ छ ।

 

६. सनस्क्रिनको प्रयोग गर्ने

सनस्क्रिनले सूर्यको प्रकाशबाट आउने विकिरणहरुबाट बचाउँछ । सूर्यबाट आएका यस्ता पराबैजनी किरणले छालाका कोशिकाहरूलाई क्षति पु¥याउन सक्छ । विकिरणहरुको प्रभावले मेलानोमा जस्ता विभिन्न प्रकारका क्यान्सरहरूको जोखिम बढ्न सक्छ । सनस्क्रिनमा सन प्रोटेक्सन फ्याक्टर (एसपीएफ) जति धेरै भयो उति राम्रो मानिन्छ । छालाको पूर्ण सुरक्षाको लागि कम्तीमा पनि एसपीएफ ३० भएको क्रिम लगाउन उपयुक्त मानिन्छ ।

(एजेन्सीको सहयोगमा)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun