आइतबार ७५.२४ अङ्कले बढ्यो नेप्से, १४ अर्बको कारोबार

अनलाइनसमय |
१८ फागुन २०८१
आइतबार ७५.२४ अङ्कले बढ्यो नेप्से, १४ अर्बको कारोबार

काठमाडौं, १८ फागुन । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढेको छ । आज नेप्से परिसूचक ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार ८९० दशमलव २८ बिन्दुमा कायम भएको हो ।

आज २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २५ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १९६ धितोपत्रको शेयर मूल्य बढ्दा ४४ को घटेको छ । यस्तै ४ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३०२ धितोपत्र कारोबारमा आएका छन् ।

आइतबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक मात्र घटेको छ । आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव ७९ प्रतिशत बढेको छ । जीवन बीमा ४ दशमलव ३१, फाइनान्स ४ दशमलव २८, होटेल तथा पर्यटन ४ दशमलव १४, विकास बैंक ३ दशमलव ८८, निर्जीवन बीमा ३ दशमलव ४१, लगानी ३ दशमलव ३, बैंकिङ २ दशमलव ५३, हाइड्रोपावर १ दशमलव ९८, अन्य १ दशमलव ५१, माइक्रोफाइनान्स १ दशमलव ३५ र व्यापार १ दशमलव ०६ प्रतिशतले बढेको छ ।

आज म्युचुअल फण्डको शेयर मूल्य भने १ दशमलव २७ प्रतिशतले घटेको छ ।

आइतबार तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स र गार्डियन माइक्रोलाइफ रहेको छ । त्यस्तै दोर्दी खोला जलविद्युत र सिन्धु विकास बैंकको ९ दशमलव ९९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै अपरहेवाखोलाको ५ दशमलव ४७, कुमारी सवल योजनाको ४ दशमलव ०४ र भूगोल इनर्जीको शेयर मूल्य ३ दशमलव ४ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस