बैंकिङ प्रणालीबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

अनलाइनसमय |
११ फागुन २०८१
बैंकिङ प्रणालीबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं, ११ फागुन । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) ३० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ३० अर्ब रुपैयाँ तरलता तान्न लागेको हो ।

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी चैत ३ गते हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस