प्रधानमन्त्री ओलीद्धारा प्रजातन्त्र दिवसको शुभकामना

अनलाइनसमय |
७ फागुन २०८१
प्रधानमन्त्री ओलीद्धारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’का अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा दिवसको शुभकामना व्यक्त गरेका हुन् ।

फागुन ७ गते । आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पु¥याएको दिन हो’, प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना ! जहानियाँ शासन विरुद्ध जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ लगायत अमर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान !!’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस