casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बङ्गलादेशसँग घट्दै नेपालको व्यापार घाटा

अनलाइनसमय |
२२ माघ २०८१
बङ्गलादेशसँग घट्दै नेपालको व्यापार घाटा

कुल नारायण श्रेष्ठ,
काठमाडौं, २२ माघ । बङ्गलादेशसँगको व्यापारमा नेपाल लामो समयदेखि घाटामा छ । विगत ११ वर्षदेखि निरन्तर व्यापार घाटामा रहेको नेपालले पछिल्लो केही वर्षयता यो घाटा क्रमशः घटाउँदै गएको देखिन्छ । व्यापार घाटा कम हुँदै जानु नेपालको भुक्तानी सन्तुलनमा सकारात्मक संकेत हो ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनाको तुलनामा चालू आवको सोही अवधिमा बङ्गलादेशसँगको व्यापार घाटा २ दशमलव ९८ प्रतिशतले घटेको छ । चालू आवको पुससम्ममा बङ्गलादेशको व्यापारमा नेपाल १ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ व्यापार घाटामा छ । सो अवधिमा २ अर्ब २७ करोड ६२ लाखको आयात हुँदा २९ करोड ८३ लाख रुपैयाँको मात्रै निर्यात भएको हो । गतवर्षको पुससम्ममा २ अर्ब ३ करोड ८३ लाख रुपैयाँ व्यापार घाटा भएको थियो ।

२०७७/७८ मा बङ्गलादेशसँग १० अर्ब ३ लाख रुपैयाँ व्यापार घाटामा रहेको नेपालले गत आवमा ३ अर्ब ६७ करोड ९ लाख रुपैयाँ घाटा भएको थियो ।

पछिल्लो पाँच वर्षमा नेपाल बङ्गलादेशबीचको व्यापार स्थिति
रू. करोडमा

स्रोत : भन्सार विभाग
केही वर्षअघि बङ्गलादेशबाट ठूलो परिमाणमा आयात हुने कतिपय सामान नेपालमै उत्पादन हुन थालेका छन् । कतिपय सामानमा भन्सार वृद्धि भएकाले अन्य देशहरूबाट पनि तिनको आपूर्ति हुन थालेको व्यापारविद् रवि सैंजुले बताए । ‘पहिले बंगलादेशबाट जुस मात्रै २–३ अर्बको आयात हुन्थ्यो, त्यो अहिले बन्द भएर यहीँ बन्छ,’ उनले भने, ‘त्यहाँबाट आउने अन्य कतिपय सामान अन्तबाट पनि ल्याउन थालियो ।’

बङ्गलादेशको आम्दानी स्तर उच्च भइरहेकाले त्यहाँका ग्राहकहरू ब्रान्डेड तथा गुणस्तरीय सामान खोज्न थालेको उनले बताए । नेपालले परम्परागत रूपमा निर्यात गर्दै आएको सामानलाई गुणस्तरीय बनाउनुपर्नेमा उनले जोड दिए । त्यहाँ कस्तो सामानको माग छ, त्यसलाई बुझेर त्यहाँ नपाइने खालका उत्पादन निर्यात गर्न सके विस्तारै नेपालको व्यापार बचतमा जाने अपेक्षा उनले गरे । साथै एलसिएम, विभिन्न शीर्षकमा उठाइने भन्सार कम गर्दै ‘इलेक्ट्रिक प्याकिङ सिस्टम’बाट सामान निर्यात गर्नुपर्ने उनले बताए ।

यता, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम रानाले बङ्गलादेशमा अधिकांश कृषिजन्य उत्पादन निर्यात हुने भएकाले यस्ता उत्पादन बढाउनुपर्नेमा जोड दिए । उनका अनुसार नेपालले निर्यात व्यापारको दायरा विस्तार गर्दै नयाँ वस्तुलाई पनि प्राथमिकता दिनुपर्छ । ‘महशुल महँगो भएकाले कतिपय सामान निर्यात गर्न कठिन भइरहेको छ,’ उनले भने, ‘महशुल घटाउन द्विपक्षीय वार्ता वा पूर्वभुक्तानी सम्झौता गर्नुपर्ने देखिन्छ ।’

नेपाल र बङ्गलादेशबीच व्यापार सन्तुलन सुधार गर्न दुवै देशबीच सहकार्य जरुरी रहेको उनको भनाइ छ । यसका लागि कूटनीतिक पहल र व्यापारिक सम्झौतामा सुधार गर्दै नयाँ व्यापारिक रणनीति अपनाउनु पर्ने आवश्यकता रहेको उनी बताउँछन् ।

एक दशकअघिसम्म नेपाल बङ्गलादेशसँग व्यापार बचतमा थियो । आव २०७०/७१ मा नेपाल बङ्गलादेशसँग ६० करोड ७७ लाख रुपैयाँ नाफामा थियो । सो आवमा नेपालले बङ्गलादेशबाट १ अर्ब ४८ करोड ९० लाखको आयात गर्दा २ अर्ब ९ करोड ६७ लाखको सामान निर्यात गरेको तथ्याङ्क छ ।

तर, त्यसयता नेपाल लगातार व्यापार घाटामा गएको देखिन्छ । आव २०७१/७२ मा १ अर्ब ४० करोड ९७ लाख, २०७२/७३ मा २ अर्ब ८२ करोड ८८ लाख, २०७३/७४ मा २ अर्ब ८६ करोड ८९ लाख रुपैयाँ व्यापार घाटा भएको थियो भने २०७४/७५ मा ३ अर्ब ७० करोड ८० लाख र २०७५/७६ मा २ अर्ब ४४ करोड ५० लाख रुपैयाँ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun