casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बैंकबाट पैसा बुझ्दै राउटे

अनलाइनसमय |
३० फागुन २०७५
बैंकबाट पैसा बुझ्दै राउटे

फागुन ३०, दुल्लु -सुर्खेत(रासस) । लेकबेँसी नगरपालिका–१ भेरी नदी किनारमा राउटे समुदायका केही बालबालिका खेल्दै र केही बालबालिका बालुवासँग लुकामारी गरिरहेका थिए । राउटे समुदायका युवायुवती कुकाठ लिन जङ्गलको यात्रा तय गर्दै थिए । कोही जङ्गल पुगिसकेका थिए भने कोही जङ्गलतर्फ जाने तयारीमा । समुदायका वृद्धवृद्धा पारिलो घाममा चिटचिट पसिना निकाल्दै चर्को घाम र पानी छेल्न बनाइएका टहराभित्र आफ्नै भाषामा गफिँदै थिए ।

समुदायका पाँच अगुवा भने सुकिलामुकिला कपडासहित कतै जाने तरखर गर्दै थिए । समुदायका तीन मुखिया, महामुखिया र एक युवासहित समुदायका अगुवा अन्त कतै नभएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत जाने तयारीमा लागेका हुन् ।

एकैछिनमा जिप चढे र वीरेन्द्रनगर सुर्खेततर्फ लागे । उनीहरू सरासर मेगा बैंक शाखा सुर्खेतमा पुगे । बैंकमा पुगेर पाँचै जना लाइनमा उभिए । पालैपालो बैंकबाट चेक साटेर भुक्तानी लिए, त्यसपछि पाँचै जना फर्किए । समुदायका पाँच अगुवाले जागिर खाएपछि पहिलो महीनाको तलब थाप्न बैंक पुगेका थिए । त्यसअघि सामाजिक सेवा केन्द्र (सोसेक) का अध्यक्ष हीरासिंह थापाले उनीहरुलाई तलबवापतको चेक हस्तान्तरण गर्नुभएको थियो । उनीहरु फागुन महीनाको तलब लिन बैंक पुगेका हुन् ।

फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख जाति राउटे समुदायका मुखियाले यही फागुन ११ गते पहिलोपटक जागिरको नियुक्तिपत्र बुझेका थिए । विशेषगरी नेपालको पश्चिमका तीन प्रदेशका वन जङ्गलमा बसोबास गर्दै आएका समुदायका महामुखिया महिनबहादुर शाही, मुखिया सूर्यनारायण शाही, दिलबहादुर शाही र वीरबहादुर शाही तथा राउटे युवा प्रकाश शाहीलाई जागिर दिइएको थियो । एइआएन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित राउटे परियोजनाबाट उनीहरुलाई जागिर प्रदान गरिएको थियो ।

राउटे समुदाय बसोबास गरिरहेको स्थानमा राउटे पारासामाजिक कार्यकर्ताको पदमा रही समुदाय परिचालन, अन्य समुदायसँग समन्वय र सहकार्य गर्दै सशक्तीकरण गर्न समुदायका महामुखिया र मुखियासहित पाँच जनालाई रोजगारी दिइएको थियो । ती पाँचै जनाले समुदायमा बालबालिकालाई औषधि खुवाउन र व्यक्तिगत सरसफाइमा लाग्न उत्प्रेरित गराउने, समुदायमा बाल क्लब, महिला समूह र युवा समूह गठन गर्न सहयोग तथा सहजीकरण गर्ने, जोखिम तथा कुपोषित राउटे बालबालिकालाई पोषणयुक्त लिटो खुवाउन सहयोग गर्ने सोसेकका अध्यक्ष हीरासिंह थापाले बताउनुभयो ।

उहाँका अनुसार बिरामी परेका र चोटपटक लागेका राउटे समुदायलाई उपचार गर्न सहयोग तथा सहजीकरण गर्ने, राउटे समुदाय बसेको सामुदायिक वन संरक्षणका लागि सकेसम्म थोरै क्षति हुने गरी आफ्नो सीपको प्रयोग गरी सामग्री निर्माण गर्न सहजीकरण गर्ने गरी जागिर दिइएको थियो ।

यस्तै आफू बसोबास गरेको नजिकको समुदाय, स्थानीय सामुदायिक वन, स्थानीय तह, सम्बन्धित प्रदेश सरकार र गुँरास गाउँपालिकासँग समन्वय र सहकार्य गर्ने, आफ्नो समुदायमा मदिरा प्रयोग, बेचविखन बन्द गर्ने, बाह्य सहयोगलाई एकद्धार प्रर्णालीमार्फत ग्रहण र सङ्कलनमा सहजीकरण गर्नुका साथै यसको जानकारी गाउँपालिकालाई गराउने उनीहरुको नियुक्तिपत्रमा उल्लेख गरिएको छ । राउटे पारासामाजिक कार्यकर्ताको पदमा रही सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रभित्रका काठहरु कमभन्दा कम क्षति हुने गरेर घर निर्माणमा सहजीकरण गर्ने अध्यक्ष थापाको भनाइ छ ।

बैंकबाट चेक साटेर भुक्तानी लिएपछि समुदायका महामुखिया महिनबहादुर शाहीले आफ्नो तलब बैंकमा आएर लिन पाउँदा खुशी लागेको बताउनुभयो । मुखिया सुर्यनारायण शाहीले आफु र आफ्नो जनताले बैंकबारे थाहा नपाएको बताउँदै बैंकमार्फत रकम लिँदा सजिलो भएको प्रतिक्रिया दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun