काठमाडौं, १४ माघ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार १०० सय रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । यस दिन चादी तोलामा १५ रुपैयाँले घटेर १ हजार ८ सय ८५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।