काठमाडौं, ७ माघ । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी २० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ ।
बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको हो ।
नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ बनाइन् । त्यस्तै ओपनर सावित्री धामीले १० रन जोडिन भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपाललाई अलआउट गर्न स्कटल्याण्डकी माइसी मासेइराले ३.५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिइन् । यस्तै एम्मी बाल्डी र नायमा शेखले २–२ विकेट लिए ।
पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।