घट्यो आर्थिक वृद्धिदर, ६ क्षेत्रमा ऋणात्मक

अनलाइनसमय |
२४ पुष २०८१
घट्यो आर्थिक वृद्धिदर, ६ क्षेत्रमा ऋणात्मक

काठमाडौं, २४ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमासिक अवधिमा आर्थिक वृद्धिदर घटेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गत आवको पहिलो त्रैमासिकको तुलनामा चालू आवको सोही अवधिमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर शून्य दशमलव ३ प्रतिशत बिन्दुले घटेको हो । चालू आवको पहिलो त्रैमासिकमा आर्थिक वृद्धिदर शून्य दशमलव २ प्रतिशत छ । गत आवको यसै अवधिमा यो शून्य दशमलव ५ प्रतिशत थियो ।

गत आवको चौथो त्रैमासिकको तुलनामा पनि चालू आवको पहिलो त्रैमासिकमा आर्थिक वृद्धिदर १ दशमलव १ प्रतिशत बिन्दुले ह्रास आएको तथ्याङ्कले देखाउँछ । गत आवको चौथो त्रैमासिकमा जीडीपीको वृद्धिदर १ दशमलव ५ प्रतिशत रहेको थियो ।

पहिलो त्रैमासिकमा १८ औद्योगिक क्षेत्रमध्ये ६ क्षेत्रको वृद्धिदर ऋणात्मक भएको छ । जसमध्ये सबैभन्दा धेरै ऋणात्मक वृद्धि खानी तथा उत्खनन क्षेत्रको रहेको छ । यो क्षेत्र १३ दशमलव ९ प्रतिशतले घटेको छ । यसपछि व्यापार क्षेत्र ३ दशमलव ७ र कृषि, वन तथा मत्स्यपालन क्षेत्र शून्य दशमलव ८ प्रतिशतले ऋणात्मक छन् ।

सो अवधिमा सबैभन्दा धेरै वृद्धिदर विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित आपूर्ति क्षेत्रको रहेको छ । यो क्षेत्र ८ दशमलव ५ प्रतिशतले बढ्ने अनुमान छ । यस्तै सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर ७ दशमलव ७ प्रतिशत हुँदा ढुवानी तथा भण्डारण क्षेत्रको ३ दशमलव १ प्रतिशत रहेको छ ।

कुन क्षेत्रको वृद्धिदर कस्तो ?

स्रोत : राष्ट्रिय तथ्याङ्क कार्यालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस