• ताजा समाचार, देश, शेयर मार्केट

    ३० प्रतिशत लाभांश प्रस्तावसहित नेपाल टेलिकमले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

     24 Views
    ३० प्रतिशत लाभांश प्रस्तावसहित नेपाल टेलिकमले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं, ७ पुस । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनिलाई लाभांश घोषणा गरेको छ ।

    कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनिलाई करसहित प्रतिशेयर ३० रुपैयाँ (३० प्रतिशत) का दरले नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको हो ।

    कम्पनीले उक्त प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते काठमाडौँको राष्ट्रिय सभा गृहमा बिहान १० बजे १७ औँ वार्षिक साधारण सभा पनि आह्वान गरेको छ ।

    सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, आव २०८०/८१ को नाफा तथा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

    साथै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक ३ लाख रुपैयाँ निर्धारण गरिएको प्रस्ताव अनुमोदन गर्ने र कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने कम्पनीले जनाएको छ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरूले लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउँनेछन् ।

    यसमा तपाइको मत

    Facebook Comment