• ताजा समाचार, देश, समाचार

    स्वतन्त्र मधेश माग गर्ने विखण्डनकारी सिके राउतसँगको सहमति सकारात्मक : राप्रपा

     100 Views

    फागुन २५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक विज्ञप्ति जारि गरि सरकार र डा. सिके राउतको स्वतन्त्र मधेश गठबन्धन विच भएको सहमतिलाई सकारात्मक भएको बताएको छ । यस पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्ति जारी गरी राप्रपाले यस घटनालाई सतर्कतासाथ स्वागत गर्ने उल्लेख गरेका छन् ।

    शुक्रवार दिउँसो सरकार सँग भएको ११ बुँदे सहमतिलाई स्वागत गर्दै सिके राउतद्वारा विखण्डनको एजेण्डा परित्यागको घोषणा गरिनु सकारात्मक भएको बताएको हो ।

    ‘बिखण्डनकारी मानसिकता र प्रवृत्ति जन्माउने आधारको अन्त नभएसम्म एक समूहको निर्णयको अर्थ रहँदैन भन्ने हाम्रो मान्यता छ’ राप्रपाको विज्ञप्तिमा भनिएको छ ।

    यसमा तपाइको मत

    Facebook Comment