काठमडौं, ३ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश र नागरिक अधिकारको रक्षाका लागि पु¥याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने जनाएको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेले सोमबार एक प्रेस वित्रप्ति जारी गरि पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गर्दै उनले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्ने आयोगले विश्वास लिएको उल्लेख गरेको छ ।
ढुङ्गानाको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन, कानून र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एक अमूल्य निधि गुमाएको छ । नेपालको संविधान, २०४७ को निर्माण, संसदको गरिमाको रक्षा, कानूनको कार्यान्वयन, शान्तिप्रक्रिया तथा मानव अधिकारको संरक्षण र सम्बद्र्धनका लागि पुर्याएको योगदानको आयोग कदर गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
मानव अधिकारको संरक्षण, सम्बद्र्धन र शान्ति प्रक्रियाका सवालमा ढुङ्गानाले आयोगसँग जोडिएर गरेको कार्यको स्मरण गर्दै स्वर्गीय आयोगले ढुङ्गानाको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।