casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बालबालिकालाई अनलाइन सुरक्षा दिन अपनाउनुहोस् यस्ता उपाय

अनलाइनसमय |
२ मंसिर २०८१
बालबालिकालाई अनलाइन सुरक्षा दिन अपनाउनुहोस् यस्ता उपाय

अस्मिता सापकोटा
काठमाडौं, २ मंसिर । अहिलेको डिजिटल युगमा बालबालिकाहरू इन्टरनेटको सहज पहुँचमा छन् । शिक्षा, मनोरञ्जन तथा सामाजिक सम्पर्कका लागि यो महत्वपूर्ण पनि छ । यति हुँदाहुँदै पनि इन्टरनेटको अव्यवस्थित प्रयोगले बालबालिकाको डिजिटल सुरक्षा जोखिममा छ । त्यसैले अनलाइन सुरक्षाको सवालमा उनीहरूलाई सचेत बनाउन आवश्यक छ । यसका लागि निम्न उपायहरू अपनाउन सकिन्छ ः

१. अनलाइन गतिविधिमा निगरानी राख्ने

अभिभावकले बालबालिका अनलाइनमा के गर्छन् भन्ने नियमित रूपमा बुझ्नुपर्छ । साथै उनीहरूले कुन वेबसाइट हेर्छन्, कस्ता एप प्रयोग गर्छन् र कोसँग कुरा गर्छन् भन्ने विषयमा पनि ध्यान पु¥याउनुपर्छ । साथै अभिभावकले उनीहरूको ज्ञान तथा क्षमता विकासका लागि उमेर अनुकूल सामग्री उपलब्ध गराइदिनु पर्छ ।

२. इन्टरनेट प्रयोगको समय सीमित गर्ने

अभिभावकले बालबालिकाको इन्टरनेट प्रयोगलाई सन्तुलनमा राख्न समय निर्धारण गरिदिनुपर्छ । धेरै समय अनलाइनमा बिताउँदा उनीहरूमा शारीरिक, मानसिक तथा सामाजिक समस्याहरू उत्पन्न हुन सक्छ । त्यसैले अध्ययन, खेलकुद तथा पारिवारिक समयलाई प्रथमिकता दिएर इन्टरनेटको समय नियमन गर्नु उचित हुन्छ ।

३. अनलाइन जोखिमबारे शिक्षा दिनु

बालबालिकालाई इन्टरनेटमा हुने साइबर बुलिङ, ह्याकिङ, ठगी, अश्लील सामग्री लगायतका जोखिमबारे जानकारी गराउनु पर्छ । उनीहरूलाई सुरक्षित पासवर्ड राख्ने, फिसिङ मेसेजहरूको पहिचान गर्ने तथा साइबर खतराबाट जोगिने तरिका सिकाउनु आवश्यक हुन्छ ।

४. सकारात्मक कुराकानी गर्ने

अभिभावकले बालबालिकालाई अनलाइन समस्या वा डरको विषयमा खुला रूपमा कुरा गर्न प्रोत्साहित गर्नुपर्छ । डर वा लाजका कारण उनीहरूले यस विषयमा कुरा नगर्न सक्छन् । त्यसैले आफू उनीहरूको सहयोगका लागि सधैं तयार रहेको कुरा विश्वास दिलाउनु पर्छ ।

५. रचनात्मक तथा शारीरिक गतिविधि गर्न प्रोत्साहन गर्ने

बालबालिकालाई इन्टरनेटमा धेरै समय बिताउन दिनुभन्दा अन्य रचनात्मक तथा शारीरिक क्रियाकलापमा सहभागी गराउनु उपयुक्त हुन्छ । यसले उनीहरूको शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्छ ।

६. साइबर सुरक्षाका आधुनिक उपाय अपनाउने

अभिभावकले साइबर सुरक्षा कायम गर्न नियमित रूपमा सफ्टवेयर अपडेट, सुरक्षित ब्राउजरको प्रयोग, एन्टी–भाइरस सफ्टवेयर जडान लगायत कार्य गर्नुपर्छ । यसले केवल बालबालिकाको मात्र नभई सम्पूर्ण परिवारको डिजिटल सुरक्षा गर्छ ।

यी उपायहरूले बालबालिकालाई अनलाइनमा सुरक्षित वातावरण प्रदान गर्नुका साथै उनीहरूलाई जिम्मेवार डिजिटल नागरिकका रूपमा विकास गर्न पनि सहयोग गर्छ । (एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun